आज:  २०८२ जेष्ठ ३१, शुक्रबार | Fri, 13, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

चौंथो जीतका लागि नेपालले आज अफगानिस्तानसँग भिडदैँ

एपी खबर २०८२ बैशाख ९, मंगलबार ( १ महिना अघि) ९७ पाठक संख्या

आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

 

आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

 

आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजे देखी सुरू हुनेछ । यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथों जीतका लागि मैदानमा उत्रन लागेको हो ।

 

नेपालले पहिलो खेलमा युएईलाई डकवर्थ लुईस पद्धति ९डिएलएस० का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाइ ८ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो ।

 

गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिडन आइपुगेको हो ।

 

लगातार तीन खेलमा जीत हासिल गरेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । यो सँगै यस चरणमा यो नेपालको अन्तिम खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस