आज:  २०८२ जेष्ठ ३१, शुक्रबार | Fri, 13, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

महिला टी–२० विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको जित

एपी खबर २०८२ बैशाख २७, शनिबार ( १ महिना अघि) ५६ पाठक संख्या

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई ९ विकेट हराएको हो ।

 

वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कविता कुँवरले १८ रन जोडिन् । यस्तै, सम्झना खड्काले १३, इन्दु वर्माले ७ रन बनाइन् ।

 

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको बहराइनले एक विकेट गुमाएर ४१ रन बनाएको थियो । बहराइनका लागि दिपिका रसंगिकाले ३४ रन बनाइन् । जितसँगै तीन अंक जोडेको नेपाल तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालले अब मंगलबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस