अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले सन्न्यासको संकेत गरेका छन्। फुटबलका ठुला स्टारमध्ये एक लियोनेल मेस्सीले अर्जेन्टिनासँगको यात्रा अन्त्य गर्ने ठुलो संकेत दिएका हुन्।
एप्पल टिभीसँग कुरा गर्दै ३८ वर्षीय मेस्सीले सेप्टेम्बर ४ मा ब्यूनस आयर्समा भेनेजुएलाविरुद्धको विश्वकप छनोट खेल स्वदेशमा खेल्ने अन्तिम मौका हुनसक्ने संकेत दिएका छन्। ʻयो खेल मेरो लागि निकै विशेष हुनेछ, किनभने यो मेरो अन्तिम छनोट खेल हो,ʼ उनले भने।
अर्जेन्टिना २०२६ को विश्वकपको लागि छनोट भइसकेको छ। यस्तै ३५ अंकका साथ दक्षिण अमेरिकी तालिकाको शीर्ष स्थानमा छ। तर मेस्सीका लागि ब्यूनस आयर्सको एस्टाडियो मोनुमेन्टलमा हुने यो खेल प्रतिस्पर्धा मात्र नभइ धेरै भावनात्मक क्षण हुनेछ।
मेस्सीले आगामी वर्ष हुने विश्वकपपछि राष्ट्रिय टिमबाट सन्न्यास लिन सक्ने संकेत गरेका छन्। अर्जेन्टिना त्यस विश्वकपमा कतार २०२२ मा जितेको उपाधि बचाउन मैदानमा उत्रिनेछ।











प्रतिक्रिया दिनुहोस