आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

आईसीसी टी–२० विश्वकप छनोट आजदेखि सुरु, नेपालले पहिलो खेल कुवेतसँग खेल्ने

एपी खबर २०८२ आश्विन २२, बुधबार ( ३ महिना अघि) १२० पाठक संख्या

आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिता बुधबार ओमानमा सुरु हुँदैछ।

 

 

एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले कुवेतसँग खेलेर प्रतियोगिताको सुरुवात गर्दैछ।खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।

 

 

नेपाली टोलीले हालै यूएईमा वेस्ट इन्डिजसँगको सिरिजका साथै ओमानमा कतारसँगको दुई अभ्यास खेलमा जित हासिल गरेको छ ।

 

 

छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ।

 

 

नेपालले कुवेतसँग विभिन्न प्रतियोगिता खेल्दै मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्न लागेको हो।

 

 

यसअघि दुई पटक विश्वकप खेलिसकेको नेपालले यसपटक छनोट भएमा तेस्रो पटक विश्वकप खेल्नेछ।

 

 

अक्टोबर १७ तारिखसम्म हुने एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेलमा नौ टोली सहभागी हुनेछन्। सहभागी नौ टोली मध्ये ३ टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

 

 

सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा यूएई, मलेसिया र कतार छन्। समूह ‘बी’ मा नेपाल, कुवेत र जापान छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।

 

 

सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा स्थान बनाउनेछन्।

 

 

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आईसिसी टी–२० विश्वकपमा स्थान बनाउने छन्।

प्रतिक्रिया दिनुहोस