आज:  २०८२ मंसिर १, आईतबार | Sun, 16, Nov, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

मलेसियाविरुद्धको टी–२० सिरिज नेपाल महिलाले जित्यो

एपी खबर २०८२ आश्विन २२, बुधबार ( १ महिना अघि) ८८ पाठक संख्या

मलेसियाविरुद्ध महिला टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपालले जितेको छ। ‍पाँचौं तथा निर्णायक खेलमा ५ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको हो ।

 

 

अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् ।

 

 

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाएकी थिइन् । बलिङमा नेपालकी कविता कुँवर र राजमती ऐरीले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस