आज:  २०८१ आश्विन ५, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१७ बर्षपछि कालोपत्र थपिँदै भरतपुर विमानस्थलको धवनमार्गमा, असार १५ सम्म सकिने

AuthorAP Khabar २०७६ जेष्ठ २६, आईतबार ( ५ साल अघि) ३९६ पाठक संख्या

रत्ननगर, जेठ २६

बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ। नेपाल नागरिक उड्डयन प्रधिकरणले विमानस्थललाई ९ करोड रुपैयाँ उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार, सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गर्नुपर्छ ।

प्राधिकरणले देशभरकै विमानस्थललाई मर्मत गर्दा बजेट र समय तालिका मिलाउनुपर्ने भएकाले कालेपत्रे गर्न ढिलाइ भएको उहाँले बताउनुभयो । गौतमका अनुसार गौरी पार्वती निर्माण सेवाले असारको १५ गतेसम्म धावनमार्गको काम सक्ने गरी काम अघि बढाएको छ । एक हजार २०० मिटर लम्बाइ रहेको यहाँको धावनमार्गमा ६ सेमी मोटाइको कालेपत्र गरिदैँछ । त्यस्तै निर्माण कम्पनीले कालोपत्रसहित, विमान तथा गाडी पार्किङ, ढललगायतको काम गर्नेछ।

धावनमार्ग कालोपत्र गर्ने भएपछि यहाँको उडान समय बिहान ९ः३० देखि बेलुका ३ बजेसम्म मात्र गरिएको छ । “मर्मतका समयमा उडान रोकेर काम गर्ने चलन छ”, उहाँले भन्नुभयो, “बिरामीलाई लक्षित गरेर बिहान बेलुकी काम गरेका छौं । कालोपत्रको क्रममा कुनै पनि दिन उडान रोक्दैनौँ।” भरतपुर विमानस्थलबाट एकतर्फी रुपमा औसत दैनिक पाँच सय यात्रुले यात्रा गर्दै आएका छन् । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस