आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सर्लाहीमा हाकिम सवार गाडी दुर्घटनाग्रस्त ,१० जना घाइते

एपी खबर २०८० माघ २२, सोमबार (२ महिना अघि) २८८ पाठक संख्या

सर्लाही : सर्लाहीको मलङ्गवामा गाडी दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन। मलङ्गवा – नवलपुर सडकखण्ड अन्तर्गत मलङ्गावा नगरपालिका -१० गम्हरियामा नम्बर नखुलेको गाडी दुर्घटना हुँदा १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनएको छ।

प्रहरीका अनुसार नापि कार्यालय सर्लाहीका हाकिम संजय मानान्धर सहित १० जना सवार गाडी दुर्घटना भएको हो। दुर्घटनामा घाईते सबैको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई प्रादेशिक अस्पताल मलङ्गवाबाट बिरगंज रेफर गरिएको र घटनाबारे बिस्तृत छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ।विआर ०६ पिडी ९६४८ नम्बरको स्कार्पियो उखु लोड ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

 

घटनामा घाईते भएकाहरू सबै नापी कार्यालय सर्लाहीका कर्मचारी रहेकाे प्रहरीले जनाएकाे छ । साझ मलंगवाबाट नवलपुर तर्फ आउदै गरेकाे जिप उखु बाेकेर साेही दिशा तर्फ आउदै गरेकाे ट्रयाकटर पछाडि ठाेक्किएकाे थियाे । दुर्घटनामा परेकाे जिप क्षतिग्रस्त अवस्थामा छ ।

 

घाईतेहरूकाे नाम

नापी कार्यालयका प्रमुख संजय माननधर, बैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह,संजिव कुमार मण्डल,दिपेन्द्र यादव,विनाेद घिमिरेे, शाहिद अनवर, रामबाबु राय रहेकाे सर्लाही प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस