आज:  २०८१ आश्विन १८, शुक्रबार | Fri, 04, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनमा निजी स्कुल बसमा आगो लगाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ

एपी खबर २०८१ जेष्ठ १४, सोमबार ( ४ महिना अघि) २६३ पाठक संख्या

चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्ने व्यक्ति विश्वनाथ थारु महेश हुन् ।

 

गत वैशाख ३० गते विहान विद्यार्थी लिन जाँदै गरेको भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बागममती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसलाई भरतपुर–२० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीको दाबी छ ।

 

पक्राउ परेका थारु भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेको प्रहरीले जनाएको ।

 

उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरेको थियो । विद्यालय हाताभित्रबाट व्यवस्थापन समितिका अध्यक्ष पक्राउ गरेको भन्दैं विद्यालयले विज्ञप्ति नै निकालेर विरोध गरेको थियो ।

 

३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्ण रुपमा जलेको थियो ।

 

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताए ।

 

पक्राउ परेका महेश थारुकै समूहले २०८० माघ २८ गते भरतपुर–२६ ज्योतिनगरस्थित सुर्योदय वोमी लघुवित्त संस्थाका कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरीको दाबी छ ।

 

पक्राउ परेका थारुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो व्यक्ति अपराधिक क्रियाकलापमा निरन्तर सक्रिय भएको पाइएको प्रहरीले जनाएको छ ।

 

थारुले विगतमा माओवादीको नेत्रविक्रम चन्द विप्लव समूहमा काम गरेका थिए । उनी त्यहाँबाट पनि विद्रोह गरेर जिल्लामा अलग्गै गतिविधि गर्दै आएका छन् ।  साभार अनलाईन खबर..

प्रतिक्रिया दिनुहोस