आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा गेम जोनमा आगो लाग्दा १२ बालबालिकासहित २८ जनाको मृत्यु

एपी खबर २०८१ जेष्ठ १३, आईतबार ( २ महिना अघि) २०८ पाठक संख्या

भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ ।

 

शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ ।

 

भारतीय सञ्चार माध्यमहरुका अनुसार शवहरु डढेकाले मृतक पहिचान गर्न सकिने खालका छैनन् । ती शव पहिचानका लागि डीएनए टेस्ट गराउने तयारी छ ।

 

प्रत्यक्षदर्शीका अनुसार गर्मी बिदा र सप्ताहान्तका कारण मनोरञ्जनका लागि थुप्रै बालबालिका र उनीहरुका अभिभावक थिए । त्यहाँ केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । त्यसैले प्लाई र काठका टुक्रा यत्रतत्र छरिएका थिए । त्यही बेला एक्कासी आगो देखिएको थियो । यद्यपि आगलागीको कारण खुलेको छैन ।

 

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले घटनाको जाँच गर्न विशेष अनुसन्धान टोली गठन गरिएको जनाएका छन् । टीआरपी गेमजोनका म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

भारतीय सञ्चार माध्यमहरुका अनुसार त्यहाँ आगो निभाउने उपकरण पनि नराखिएकाले ठूलो क्षति भएको हो । यो घटनापछि गुजरात सरकारले आगो निभाउने उपकरण नराखेका राज्यभरका सबै गेमजोन बन्द गर्न निर्देशन दिएको छ ।

 

घटनापछि राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

 

राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल लगायतले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । साभार अनलाईन खबर..

 

 

 

प्रतिक्रिया दिनुहोस