आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भ्रष्टाचारविरुद्ध आम जनता पार्टीले निकाले विशाल मोटरसाइकल ऱ्याली

एपी खबर २०८० माघ २०, शनिबार (३ महिना अघि) १२६ पाठक संख्या

काठमाडौं– आम जनता पार्टीले भ्रष्टाचारविरुद्ध विशाल मोटरसाइकल ऱ्याली निकालेको छ । प्रभु साह नेतृत्वको रहेको आम जनता पार्टीको उपत्यका संयोजन समितिले शनिवार काठमाडौंमा भ्रष्टाचारविरुद्ध विशाल मोटरसाइकल ऱ्याली निकालेको हो । ‘भ्रष्टाचारीलाई कारबाही गर, जनता लुट्न पाइदैन, लुटकारी व्यवस्था चाहिदैन’ भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

 

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्बाद भइरहेको सन्दर्भमा युवाहरूले भ्रष्टाचारविरुद्ध काठमाण्डूमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष साहले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस