आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्व हात स्वच्छता दिवसमा हात धुने कार्यक्रम

एपी खबर २०८१ बैशाख २३, आईतबार (१ हप्ता अघि) २१७ पाठक संख्या

बारा : आज मे ५ तारिख अर्थात विश्व हात स्वच्छता दिवस, बारामा “आफ्नो हात सफा गर्नुहोस्, जिवन बचाउनुहोस्” भन्ने मुल नाराका साथ हात धुने कार्यक्रम गरेर यो दिवस मनाइएको छ । जेजेवाइसिको कार्यक्षेत्र रहेको महागढिमाई नगरपालिका र सुवर्ण गाउँपालिकामा स्थानिय युवा क्लबको आयोजना तथा महिला समुहको सहभागितामा दिवस विशेष कार्यक्रम गरिएको हो ।

 

 

महागढिमाई १ का वडा अध्यक्ष मनोज गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हात स्वच्छताको पछिल्लो अवस्था कस्तो छ भन्ने विषयमा चर्चा गरिएको थियो । त्यसैगरी हातको स्वच्छतामा विशेष ध्यान पुर्याउने घरमा रोगले प्रवेश नपाउने भएकोले आफु सहित अरुलाई पनि प्रकृयागत रुपमा हात धुन सिकाउन उत्प्रेरणा जगाइएको थियो ।
महिला कृषक समुहका सदस्य, स्वयंसेविका, बाल तथा युवा क्लबका सदस्य र स्थानिय वासीको उल्लेख्य सहभागिताका विच भएको कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले रोगी भएर उपचारका लागि भौंतारीनु भन्दा रोग लाग्नै नदिनका लागि हात धुने कृयाकलापलाई जोड दिन आग्रह गरेका थिए ।

 

 

उनीहरुले विश्व स्वास्थ्य संगठनले दिएको ‘फाइभ मोमेन्टस् अफ ह्याण्ड हाइजिन’ लाई सबैले अवलम्बन गर्न सकेमा अधिकांश रोग तथा संक्रमणबाट आफु र परिवारलाई जोगाउन सकिने तर्फ जोड दिएका थिए । खाना खानु वा खुवाउनु अघि, खाना बनाउनु अघि, शौचालय प्रयोग गरेपाछि, फोहोर छोएपछि र हाछ्युँ गरेपछि सफा गरी हात धुन जरुरी हुन्छ । साबुन र सफा पानीको प्रयोग गरेर कम्तिमा २० सेकेण्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरु बताउँछन् ।

 

 

सन् २००९ मा सुरु भएको ‘क्लिन योर ह्यान्ड्स’ विश्वव्यापी अभियानलाई हरेक वर्ष मे ५ का दिन विश्व हात स्वच्छता दिवसका रूपमा मनाइन्छ । यो दिवसको उद्देश्य स्वास्थ्य सेवामा हात स्वच्छताको विश्वव्यापी प्रवद्र्धन, दृश्यता र दिगोपन कायम राख्नुका साथै विश्वभर हात सरसफाइ सुधारको समर्थनमा ‘मानिसहरूलाई एकसाथ ल्याउने’ भन्ने हो ।

 

दिवस विशेष कार्यक्रममा उपस्थित सबैलाई पालैपालो तरिकावद्ध रुपमा हात धुन सिकाइएको थियो भने ५० जना सहभागिलाई जनहि १÷१ वटा ह्यान्ड वास पनि वितरण गरिएको थियो । जनशक्ति युवा कलबका अध्यक्ष विशाल कुमार लहेराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेजेवाइसिका कोषाध्यक्ष सियाराम यादव, स्वास्थ्यकर्मी धर्मेन्द्र गुप्ता, विकासशिल युवा क्लबका अध्यक्ष श्यामसुन्दर प्रसाद यादव, समाजसेवी बाबुलाल माझी लगाएतको सहभागिता रहेको (एससिआर) का समाजिक परिचालक सुरेश प्रसाद यादवले जानकारी दिए ।

 

 

त्यस्तै सुवर्ण गाउँपालिका ८ स्थित सेवा युवा क्लबले पनि हात स्वच्छता दिवस मनाएको छ । क्लबका अध्यक्ष आमिर खान पठानको अध्यक्षतामा महिला कृषक समुहको सक्रिय सहभागितामा हात धुने बारेको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक उत्थानशिलता सुदृढिकरण (एससिआर) परियोजनाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

इस्लामिक रिलिफ नेपाल तथा इस्लामिक रिलिफ क्यानडाको आर्थीक सहयोग तथा जनजागरण युवा क्लब(जेजेवाइसि) बाराको अयोजनामा महागढीमाई नगरपालिकाको वडा नं. १, २ र ८ तथा सुवर्ण गाउँपालिकाको १, ५, ६ र ८ मा (एससिआर) परियोजना सञ्चालन भइरहेको छ । परियोजना अन्र्तगत सचेतना मुलक कार्यक्रम संचालन तथा सक्षमता बढाउन ८ वटा बाल क्लब तथा ५ वटा युवा क्लब गठन भएका छन् भने २० वटा महिला कृषक समुह क्रियाशिल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस