आज:  २०८२ श्रावण ५, आईतबार | Sun, 20, Jul, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

जबजको सान्दर्भिकता अझ बढेको छ : पोलिटब्युरो सदस्य पौडेल

एपी खबर २०८१ जेष्ठ ३, बिहिबार ( १ साल अघि) १८१ पाठक संख्या

३१ औ मदन(आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीद्वारा आज डुमरबानामा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले मदन(आश्रितले देखाएको बाटोमा सबै सबै अगाडि बढ्न सके मुलुक समृद बन्ने बताउनु भयो ।

उहाले मदनभन्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद कार्यक्रम अहिलेको सन्दर्भमा अझ सान्दर्भिकता बढेको स्पष्ट पार्नुभयो स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेश कमिटीकासदस्यहरू सुन्दर बिक, किशोर शर्मा, चयन गुरुङ जिल्ला कमिटी उपसचिव भावना आचार्य लगायतले श्रद्धासुमन अर्पण गर्नुभएको थियो जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष भोलाप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण त्रिलोक विक्रम ठकुरिले गर्नुभएको थियो भने स्वागत झापेन्द्र बरालले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस