आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुरसिमराका नगर प्रमुखलाई नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ बुदेँ सुझाव, नगर शिक्षक प्रतिनिधी आचार्यलाई दिएको समर्थन फिर्ता

एपी खबर २०८१ जेष्ठ ३, बिहिबार ( २ महिना अघि) १७७ पाठक संख्या

नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी जितपुरसिमराले नगर प्रमुख र उपप्रमुखलाई नगरको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि १३ बुदेँ सुझाव सहित ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नगर कमिटीको मिति २०७१÷०२÷०२ गतेको बैठकको निर्णयानुसार जीतपुरसिमराभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि निम्नानुसारको कार्यहरु रचनात्मक ढङ्गले कार्यान्वयन गर्न गराउनका लागि नगर प्रमुख समक्ष १३ बुँदे सुझाव समेट्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी जितपुरसिमराका अध्यक्ष पिताम्बर प्रसाद चौधरी र सचिव सतेन्द्र प्रसाद यादबको संयुक्ता हस्ताक्षरमा जारी गरीएको विज्ञप्तिमा निम्न सुझाव सहित ज्ञापन पत्र बुझाइएको सचिव यादबले जानकारी दिनुभयो ।

सुझावहरु

१. बालविकास र विद्यालय सहायक (लेखापाल) कर्मचारीलाई कार्यस्थलमा सम्मानपूर्वक कार्य गर्नका लागि न्युनतम रुपमा प्रा.वि. तृतीय श्रेणी वा सो सरह तथा कार्यालय सहयोगी कर्मचारीलाई नेपाल सरकारको श्रेणी विहिन कर्मचारी सरह सेवा सुविधा व्यवस्था गरियोस्,
२. दलित, छात्रा र अपाङ्ग छात्रवृत्ति प्रत्येक शैक्षिक सत्रको अन्त्यसम्म निकासा गरी वितरण गर्ने व्यवस्था मिलाइयोस्,
३. शिक्षक कर्मचारीलाई उत्प्रेरित गराउन मासिक रुपमा तलब निकासा गर्ने व्यवस्था मिलाइयोस्, ४. दरबन्दी मिलान गर्दा शिक्षकहरुलाई दुःख दिने नियत नराखी तहगत र विषयगत हुने गरी गरियोस्,
५. तहगत रुपमा प्र.अ. व्यवस्थापन गर्ने गरी दरबन्दी मिलान कार्यलाई अगाडी बढाइयोस्,
६. पालिकाले स्वयम् सेवक शिक्षक नियुक्त गर्दा विस्थापित करार शिक्षकहरुलाई समावेश गरियोस्,
७. विद्यालय घटुवा र समायोजन गर्ने अगावै सम्बन्धित विद्यालय क्षेत्रका सरोकारवालाहरुसँग व्यापक छलफल, परामर्श गरी सुधारको उपायहरु खोजि गर्दै सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या वृद्धिका उपायहरु अवलम्बन गरियोस्,
८. सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गर्न शिक्षकहरुको पेशागत क्षमता अभिवृद्धि गरी प्रविधिमैत्री बनाउनका लागि समय सापेक्ष आवश्यक तालिमको व्यवस्था गरियोस्,
९. दिवाखाजा व्यवस्थापनका लागि अग्रिम निकासा गरियोस्,
१०. स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक अभिलम्ब उपलब्ध गराइयोस्,
११. विशेष शिक्षा अन्तरगत स्रोतकेन्द्र सञ्चालित विद्यालयहरुको लागि स्रोत शिक्षक उपलब्ध गराइयोस्,
१२. राष्ट्रपति रनिङ्ग शिल्डलाई प्रभावकारी, व्यवस्थित र उपलब्धि मुलक बनाउन विद्यालयहरुको सक्रिय सहभागिताका लागि आवश्यक बजेट विनियोजन साथै समयमा निकासा गरियोस्,
१३. नगरको शैक्षिक क्यालेण्डर अनुसार नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा शैक्षिक कार्यक्रममा एकरुपता कायम गरियोस् ।

शिक्षक महासंघको प्रतिनिधीका लागि दिएका सहमती फिर्ता

यसैबिच ज्ञापन पत्र बुझाउन जितपुरसिमरा उपमहानगरपालिका पुगेका नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले महासघंको नगरमा पठाइएको प्रतिनीधिलाई दिइएको सहमति फिर्ता लिएको जनाएको छ ।

महासंघले यस नगर भित्रका पेशागत सघं संगठनहरूको सहमतिमा मिति २०७९ । १० । ०८ को निर्णय अनुसार शिक्षक महासंघको तर्फबाट शङ्कर कुमार आचार्यलाई प्रतिनिधीको रुपमा पठाइएको थियो ।

महासंघको सहमती अनुसार एक शैक्षिक सत्रको कार्यकाल हुने गरी प्रतिनिधी पठाएको जानकारी सहित चैत्र ३० पछि आचार्यलाई दिएको समर्थन फिर्ता लिएको विज्ञप्ति मार्फत जनाइएको छ ।

महासंघले शिक्षक प्रतिनिधी आचार्य माथि संघको सहमति नमानेको र एकलौटी ढगंले चलेको आरोप समेत लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस