आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घट्यो पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य

एपी खबर २०८१ जेष्ठ २, बुधबार ( २ महिना अघि) २१५ पाठक संख्या

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले घटाएको विज्ञप्तिमार्फत जनाएको छ ।

हाल पेट्रोलको अधिकतम मूल्य १ सय ७८ रुपैयाँ लिटर रहेकामा अब त्यो १ सय ७१ मा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १ सय ५९ रहेकोमा त्यो १ सय ५४ मा झरेको छ ।

भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ । घटेको मूल्य बिहिवारबाट लागु  हुने हुनेछ ।

प्रतिक्रिया दिनुहोस