आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडाको सहकार्यममा जितपुर सामुदायकि स्कुलमा निशुल्क कम्प्युटर तालिम शुरु, पहिलो चरणमा ४ सय विद्यार्थी लाभान्वित हुने ।

एपी खबर २०८१ जेष्ठ २, बुधबार ( २ महिना अघि) २३१ पाठक संख्या

बाराको जितपुरसिमरा उपनगरपालिका वडा नम्बर ७ मा रहेको फकिरा गिरी राजेश्वर गिरी माध्यमीक विद्यालयले बुधवारबाट निशुल्क कम्प्युटर कक्षा संचालन गरेको छ । वडा नम्बर ७ को आर्थिक सहयोगमा यस विद्यालयले बुधवारबाट निशुल्क कम्प्युटर कक्षा संचालनमा ल्याएको हो ।

जितपुरसिमरा उपमहानगरपालका भित्रका सबै वडाबाट सहभागिता हुने गरी करिब ४ सय विद्यार्थीहरुको सहभागीतामा यो कम्प्युटर कक्षा संचालनमा आएको हो । एक सिफ्टमा ४० जनासम्म पढ्न मिल्ने यस सिकाईलाई बिहान र बेलुका गरी संचालनमा ल्याएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम जितपुरसिमरा वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको बताउँदैैँ वडा अध्यक्ष गुप्ताले रोगजार खोज्न जाने सबैलाई कम्प्युटर तालिम माग आउने गरेको कुराले पनि आफु यो कक्षा संचालन गर्न लागेको बताउँनुभयो । उहाँ आफु वडा अध्यक्ष भएसम्म यो निशुल्क कम्युटर तालिम शिकाई नरोकिने प्रतिबद्धता समेत राख्नुभएको छ ।

यसैगरी कम्प्युटर कक्षा समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले पछिलो समय जितपुर स्कुलले गरेको प्रगतीको प्रशंसा गर्दै यस विद्यालयको भैतिक तथा शैक्षिक विकासमा सहयोग गर्न आफु सधै तत्पर रहेको र अगामी दिनमापनि रहेन बताउनुभयो ।

यसैगरी जितपुरसिमराका नगर प्रमुख राजन पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्दै जितपुरसिमरालाई शैक्षिक केन्द्रकै रुपमा परिचित बनाउने उद्धेश्यका साथ अगाडी बढ्ने योजनामा सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

यता भौतिक संरचना अपुग रहेको जनगुनासो बढिरहेको यस विद्यालयमा विद्यार्थीको संख्यामा समेत उल्लेख्य बृद्धि भएको कुरालाई समर्थन जनाउदै विद्यालयको भौतिक संरचना निर्माण गर्न यस पटक बजेट विनियोजित गरिसकेको र अगामी वर्षको योजनामा थप बजेट राख्ने नगर उपप्रमुख भोला अधिकारले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवम विद्यालय ब्यवसथापन समितिका अध्यक्ष समेत रहेका सुनिल गुप्ताको सभाअध्यक्षतामा सम्पन्न यस कार्यक्रममा वडा सदसय सिता उप्रेती, नुरुल्लाह अंसारी, विद्यालय अभिभावक संघका अध्यक्ष अफताब आलम, समाजसेवि शिवजी साह सोनार, स्थानिय समाजसेवि अनिल गुप्ता, एन प्याप्सन जितपुरसिमराका अध्यक्ष अनिल तिवारी लगाएको उपस्थिती रहेको थियो ।

सिता अधिकारीको सहजिकरणमा आयोजित यस कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजु सिहंको विद्यालयको बारेमा जानकारी सहित शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस