आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा ‘६.१ प्लस’ स्मार्टफोन मात्र ९ सय ९९ मा

AuthorAP Khabar २०७५ कार्तिक ८, बिहिबार ( ५ साल अघि) ६४६ पाठक संख्या

काठमाडौं, कार्तिक ८ : नोकिया मोवाइल एक समयको चर्चित मोवाईल फोन हो । एक समय दक्षिण एशियामा नोकिया मोवाइलकै राज थियो । सक्नेले क्यामेरा भएका र भिडियो हेर्न मिल्ने मोवाइले किन्थे भने नसक्नेले बोल्न मिल्ने फोनमात्रै भएपनि नोकियाको मोवाईल नै किन्थे ।

स्मार्ट फोनको प्रयोगमा बढोत्तरी भएपछि नोकियाको मार्केट बिस्तारै खस्किदैँ गयो । बीचको एक कालखण्डमा नोकियाले एन्डोइड फोन नबनाएपछि नोकियाको बजार लगभग समाप्त नै भइसकेको थियो । तर अहिले नोकियाले सस्तो मूल्यमा स्मार्टफोन बजारमा ल्याएको छ । नोकियाले आफ्नो नयाँ मोडल ‘६.१ प्लस’ नामक स्मार्टफोन मात्र ९ सय ९९ भारतीय रुपैयाँमा उपलब्ध गराउने भएको छ । भारतमा दीपावलीको अवसरमा यो मोवाईललाई फ्ल्पिकार्ड नामक अनलाईन बिक्रेता कम्पनीमा मात्र राखिएको छ ।

९ सय ९९ मा मोवाइल किन्नको लागि भारतीय फ्ल्पिकार्डमा गएर ‘नोकिया ६.१ प्लस’ सर्च गर्नुपर्ने हुन्छ । यसरी सर्च गरेपछि त्यहाँ मोवाइल एक्सचेञ्ज अफरमा सेलेक्ट गरेमा १५ हजारसम्मको छुट दिईएको छ । ‘नोकिया ६.१ प्लस’को मूल्य फ्ल्पिकार्डमा १५ हजार ९ सय ९९ भारतीय रुपैयाँ लेखेको छ । यदि १५ हजार डिस्काउन्ट पाएको खण्डमा ‘नोकिया ६.१ प्लस’ स्मार्टफोन ९ सय ९९ रुपैयाँमा आउने छ ।

 

(जनता समाचार)

प्रतिक्रिया दिनुहोस