आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जगदम्बा तोडफोडःछानबिन समिति र राजनितिकर्मीबिच छलफल, कार्यशर्त नै उद्योगमैत्री

सुप्रिया ढकाल २०७८ भाद्र २६, शनिबार (२ साल अघि) ४३७ पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालीका १ स्थित जगदम्बा स्टिल ई.मा गत भाद्र ११ गतेको घटनाबारे छानबिन समिति र राजनितिकर्मीबिच आज छलफल सम्पन्न भएको छ । छलफलमा गृहमन्त्री स्तरीय निर्णयबाट गठित गृह मन्त्रालयका सह सचिव टेकराज निरौला नेतृत्वको छानबिन समितिको कार्यशर्त उद्योगमैत्री मात्रै भएको आवाज उठाईएको छ ।

कार्यशर्तको ४ बुंदामध्य तेश्रो नम्बरको बुदामा उल्लेख गरीएको भविष्यमा उद्योगमा क्षती हुन नदिन के गर्न सकिन्छ सो को सुझाव पेश गर्ने, ले यो समितिको कार्यशर्त(त्इच्) उद्योगको मात्रै सुरक्षा केन्द्रित भएको देखिएको स्थानिय राजनितिकर्मीहरुले निष्कर्श निकालेका छन् । उक्त मजदुरको सुरक्षा, वातावरणको सुरक्षा, स्वास्थको सुरक्षाको बिषयलाई केन्द्रमा राखेर उच्चस्तरीय कार्यदल बनाउन र त्यसबाट आउने निष्कर्ष कार्यान्वयन गर्न उनिहरुले समितिलाई सुझाव दिएका छन् ।

 

यस्तै उनिहरुले जगदम्बा स्टिलको तर्फबाट साहिल अग्रवाल र स्थानीय बासिन्दा बिच मिति २०६९÷१२÷२१ गते भएको सहमतिलाई कार्यनयन गर्ने, सहमति उलंघन भएको बिषयलाई सच्याउन, सिमसार क्षेत्र र सार्वजनिक जग्गा जमिन मिचेको कुरालाई सच्याउन÷फिर्ता गराउन अथवा पहिलेकै रूपमा फर्काउन, जगदम्बा र बस्तीबिच बफर स्पेस(जमिन) त्यसपछि उद्योग, उद्योग भित्रै ओपन स्पेस(वृक्षारोपण), वाटर टिमेन्ट प्लान्ट बनाउन माग गरेका छन् ।

 

गत भाद्र ११ गते जगदम्बा उद्योगबाट बिषाक्त ग्यास लिक भएपछि आक्रोशित स्थानियले उद्योग परिषर भित्रै प्रवेश गरेर तोडफोड गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस