आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

५.१९ अंकले बढेको बजारमा एनआएसी एशिया बैंकको सर्वाधिक कारोबार

एपी खबर २०८० आश्विन १५, सोमबार ( ९ महिना अघि) १०४ पाठक संख्या

काठमाण्डाै – शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेको छ ।

 

सबैभन्दा धेरै सीआईसीएल नेपाल लघुवित्त र सयपत्री हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि पिपुल्स हाइड्रो र मनकामना इन्जिनियरिङ हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज दुई सय ८६ वटा कम्पनीका ५७ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको दुई करोड १६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस