आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज सुन प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि

एपी खबर २०८० चैत्र ८, बिहिबार (१ महिना अघि) ७३ पाठक संख्या

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी, चाँदीको मूल्य बिहीबार प्रतितोला १५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार चाँदी तोलामा १५२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस