आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ओमान टी-२० विश्वकपबाट बाहिरियो

एपी खबर २०८१ जेष्ठ २८, सोमबार ( १ महिना अघि) ८४ पाठक संख्या

काठमाडौँ । ओमान आइसीसी टी-२० विश्वकपको समुह चरणबाटै बाहिरिएको छ ।

 

गएराती सम्पन्न खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएसँगै ओमान विश्वकपको समुह चरणबाट बाहिरिने पहिलो देश बनेको हो ।

 

ओमानले दिएको १५१ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १३.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि ओमानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो ।

 

योसँगै ओमानले यस विश्वकपमा लगातार तेस्रो हार बेहोरेको छ र विश्वकपबाट बाहिरिएको छ । अब समुह चरणको अन्तिम खेलमा ओमानले जुन १४ मा इङल्याण्डसँग खेल्ने छ ।

 

त्यस्तै समुह बी मा स्कटल्याण्डले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । स्कटल्याण्डले इङल्याण्डविरुद्धको   पहिलो खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको थियो । अब तीन खेलपछि ५ अंक भएको छ भने समुह बी मा शिर्ष स्थानमा रहेको छ । अब स्कटल्याण्डले आफ्नो अन्तिम खेल जुन १६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस