आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालक मृत फेला

AuthorAP Khabar २०७५ मंसिर २४, सोमबार ( ५ साल अघि) ५६३ पाठक संख्या

कञ्चनपुर , मंसिर २४ :  कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् ।स्थानीबासी खड्क बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेको हो ।

बालक बमको शव घर भन्दा १२० मिटर टाढा छिमेकी जयबहादुर महताको गोठमा फेला परेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतबहादुर धामीले जानकारी दिनुभयो । विवेकको कानबाट रगत बगेको, अाैँलामा चोट लागेको र पिँठ्युमा निलडाम भएको शव फेला परेको छ, उहाँले भन्नुभयो, “शव शङ्कास्पद फेला परेकाले अनुसन्धानको कार्य भइरहेको छ ।”बालकको आफैं मृत्यु भएको वा कसैले हत्या गरेको बारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस