आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दक्षिणी मेक्सिकोको राजमार्गमा मालवाहक ट्रक पल्टिँदा कम्तीमा १० आप्रवासीको मृत्यु

एपी खबर २०८० आश्विन १५, सोमबार ( ९ महिना अघि) १६४ पाठक संख्या

मेक्सिको सिटी– दक्षिणी मेक्सिकोको राजमार्गमा मालवाहक ट्रक पल्टिँदा कम्तीमा १० आप्रवासीको मृत्यु भएको छ । अल जजीराका अनुसार ग्वाटेमालाको सीमा नजिकै मेक्सिकोको चियापास राज्यमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा एक नाबालिगसहित १० महिला रहेका छन् भने घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ ।

 

सो ट्रकले मेक्सिकोको दक्षिणी राज्य चियापासको पिज्जियापान–टोनाला राजमार्गमा अवैधानिक रूपमा २७ क्युबाली नागरिकलाई बोकेको बताइएको छ । चालकले ट्रकलाई तीव्र गतिमा चलाउँदा अचानक नियन्त्रण गुमेपछि सो दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका छन् । उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस