आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

एपी खबर २०८० चैत्र १७, शनिबार ( ३ महिना अघि) १३९ पाठक संख्या

चितवन– त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट गोरखातर्फ गुडेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधाराबाट त्रिशूली नदीमा खसेको थियो ।

 

 

प्रहरीका अनुसार मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् । ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । ट्याक्सीमा कति यात्रु सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली उद्धारमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस