आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३.९२ जी.पि.ए ल्याएर उर्तीण गरेकी ज्योती सहिद स्मारक एकेडेमी जीतपुरद्धारा सम्मानित

प्रिती कुमारी, जीतपुर २०७८ मंसिर २१, मंगलबार (२ साल अघि) १२१३ पाठक संख्या

बाराको जीतपुरमा रहेको सहिद स्मारक एकेडेमीले ज्योती झालाई सम्मानित गरेको छ । यसै विद्यालयबाट एसइइ. उर्तीण गरेकी झाले +२ विज्ञान विषयमा नेपाल मै उत्कृष्ट अंक ल्याएको भन्दै उनलाई सम्मान गरिएको हो ।

 

एउटा समान्य परिवारमा जन्मेकी ज्योतीले आफ्नो मिहेनतबाट हासिल गरेको यस सफलतामा खुसी ब्यक्त गर्दै उनलाई सम्मानित गरीएको एकेडेमीका प्रधानाध्यापक मालती कुमालको भनाई छ ।
वि.स. २०६६ सालमा भर्ना प्राथमिक शिक्षा लिन विद्यालय भर्ना भएकी ज्योती २०७५ सालमा एसईई उतीर्ण गरेकी थिईन् । सानैदेखि पढाईका साथै अन्य सबैमा जाहेन्दार रहेको उनी नेपालमै सबै भन्दा उत्कृष्ट अंक ल्याउन सफल भएको मा आफुहरुको खुसीको सिमा नै नरहेको कुमालको भनाई छ ।

 

काम गरेर खान लगाउने मात्र पुग्ने आम्दानी भएको अवस्थाका बिच आफ्नो बालबच्चाले सधै छात्रबृती पाएर पढेको बताउदै ज्योतीको यस सफलताले आफु असाधै खुसी भएको उनकी आमा रेखा देबी झाले बताईन् ।

 

महोतरीको बथनाहा स्थायी घर भएकी ज्योतीको बुबा कामको सिलसिलामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा बस्दै आएकाछन् । छानो भएको सानो घर छ, श्रीमानको कमाई पनि सिमित छ बच्चालाई बढाउन शुरुमा विद्यालयमा भर्ना शुल्क मिनहा गर्न आग्रह गर्दै नाम लेखाएको आमा रेखा देबिले सुनाईन् । विद्यालयले पनि सहयोग गरेको र आफ्नो तिन ओटै सन्ताले छात्रबृती ल्यादै पढेको र आजको यो सफलतापनि उनिहरुको मिहनेतको फल भएको उनको भनाई छ ।

यता जीतपुरको विद्यालयले नेपालमै उत्कृष्ट स्थान ल्याउन सक्ने विद्यार्थी जन्माउन सकेको भन्दै यस सहरलाई शैक्षिक हबको रुपमा विकास गर्न सबै अगाडी बढ्नुपर्ने सहिद स्मारक एकेडेमी विद्यालयका संचालक डा. राहुल झाले सबैसंग आग्रह गर्नुभयो । उहाँले यस विद्यालयबाट उर्तिण गरेका विद्यार्थीहरुले हासिल गरेको सफलतालाई दर्शाउन नसकेपनि ज्योतीलाई यसरी सम्मान गरेर उनलाई अझ हौसला प्रदान गर्ने कोसिस गरेको बताउनुभयो ।

 

यसैगरी सम्मान पश्चात कार्यक्रममा बोल्दै ज्योती आमाबुबा र गुरुवर्गको आर्शीवाद र सहयोगकै कारण यो सफलता हासिल गर्न सफल भएको बताईन् । मेरो हरेक पाईलामा आमाबुबाले दिनुभएको साथ र गुरुवर्गले दिनुभएको शिक्षाले मलाई यो प्रेरण मिलेको बताउदै आउदो दिनमा पनि तपाईहरुको आशालाई विश्वस्त तुल्याउने बताएकि थिईन् ।

 

विद्यालयका प्रधानाध्यापक मालती कुमालको सभाअध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा ज्योतीकी आमा रेखादेबि प्रमुख अतिथी रहनुभएको थियो । भने कार्यक्रममा सहभागी सबैले ज्योतीको थप सफलताको कामना गरेका थिए ।

 

ज्योती विरगंजको ओम ईन्टरनेशनल एकेडेमीबाट २०७७ सालको विज्ञान तर्फबाट कक्षा १२ मा ३.९२ जी.पि.ए. ल्याएर उर्तीण भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस