आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै

सुप्रिया ढकाल २०७८ भाद्र ३१, बिहिबार (२ साल अघि) ३४८ पाठक संख्या

काठमाण्डौ । नेपाल हाल एसियाकै २० सहरमध्ये वातावरण प्रदूषित प्रमुख सहर हुनपुगेको छ । वातावरण संरक्षणको समस्यामा सुधार नेपालका निम्ति अत्यन्तै जरुरी छ । सहरीकरणको विस्तार, जनसंख्याको वृद्धिको साथै पानीको प्रदूषण, वायुको प्रदूषण र खासगरी सवारी साधनबाट हुने प्रदूषण व्यापक भइरहेको छ ।

 

यिनै प्रदुषणका कारण दिनप्रतिदिन पातलीदै गएको ओजोन तहको महत्व दर्शाउन हरेक बर्ष १६ सेप्टेम्बरमा आज विश्व ओजोन तह बचाउ दिवस मनाउने गरीन्छ । “विश्व ओजोन तह बचाउ दिवसखानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख” भन्ने नाराका साथ आज विश्वभरी नै यो दिवश मनाइँदैछ । यद्धपी नेपालमा भने कोरोना माहामारीका कारण खासै औपचारीक कार्यक्रम आयोजना गरीएको छैन । बषेश कार्यक्रम आयोजना नभएतापनि सरोकारवाला, विज्ञानसम्बन्धि चासो राख्नेहरुले भने ओजोन तहको सुरक्षाका लागी बिभिन्न माध्यमबाट चेतनामुलक सन्देश प्रवाह गरीरहेका छन् ।

ओजोन तह, अक्सिजनको तीन अणु तीन परमाणुहरूसँग मिलेर बनेको एक ग्यास हो । जुन वायुमण्डलमा धेरै कम मात्रा (०.०२ प्रतिशत)मा पाइन्छ । यो तीखो गन्ध भएको अत्यन्त विषालु ग्याँस हो । यो पृथ्वीको वायुमण्डलको ३० हजार फिटमाथि स्थायीरूपमा तह बनेर बसेको हुन्छ । यसले सूर्यबाट आउने विभिन्न हानिकारक परवैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्दछ । तर पृथ्वीमा बढ्दो मात्रामा रहेका कार्वनडाइअक्साइड, कार्वनमोनोअक्साइड, सल्फरडाइअक्साइड, सीएफसीजस्ता हरितगृह ग्यासका कारण ओजोनतह पातलिँदै गएको छ ।

पृथ्वीमा कार्बनडाइअक्साइड धेरै हुँदा तापक्रम पनि बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । सन् १९८० को दशकयता विश्वमा ५० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएका दिनहरुको संख्या दोब्बर भएको पाइएको छ । यस्तै अत्यधिक तापक्रम मापन हुने क्षेत्रहरु पनि बढेका छन् । यसले मानिससँगै पारिस्थितिक प्रणालीमा असर गरेको छ । ६ लाख वर्षयता पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा निरन्तर बढ्दा पृथ्वीकै आयु घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

 

जापान, अमेरिका, भारत, रुस, ब्राजिललगायत विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । ठूलाठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशील देशहरुले पनि बराबरी भोग्नु परेको छ । वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । विश्वभरि उत्सर्जन हुने कुल कार्बनमध्ये नेपालले शून्य दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्छ ।

प्रतिक्रिया दिनुहोस