आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विदेश नगएर स्वदेशमै सामुहिक रुपमा केरा खेति,सिचाईको व्यवस्था मिलाउन आग्रह

अखिलेश कुमार यादव २०८१ बैशाख २१, शुक्रबार ( २ महिना अघि) २७७ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ का केहि युवाहरुको समूह मिलेर विदेश नजाने संकल्प लिएर अहिले स्वदेशमै सामूहिक रुपमा कृषि पेशामा लागेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासाले जीतपुरसिमरा उपमहानगरपालिका –११ का सन्तोष यादव लामो समयदेखि कृषि व्यवसाय गर्दै आउनुभएको छ । विदेशमा गएर पसिना बगाउनु भन्दा राम्रो स्वदेशमै केहि गर्न सक्ने संकल्प लिएर कृषि पेशामा लागेका सन्तोष यादव सहित ५ जना मिलेर अहिले १० बिघा जग्गा भाडामा लिएर केरा खेति गरेको छ । केरा खेतीमा लगाएको आम्दानी डुब्ने होकी अहिले डरले उनीहरुलाई सताईरहेको छ ।

केरा खेतिमा लाखौँको लगानीमा गर्यौ तर यहाँ सिचाई र बिधुतको राम्रो पहुँच नभएको कारण आफुहरुले लगाएको केरा सुक्न थालेको सन्तोष यादवले बताए । बिगत लामो समय देखि स्वदेशमै कृषि पेशा गर्दै आएको सन्तोष यादवले यस बर्ष केरा खेतीमा लगाईएको लगानी डुब्ने डरले हामीलाई सताईरहेको बताए । नेपाल कृषि प्रधान देश भए पनि यहाँ किसानलाई समस्या नै समस्याको सामना गर्नु पर्ने हुन्छ । स्वदेशमै कृषि पेशामा लागेका कति जना त अहिले बिस्थापित भएर विदेश समेत गएर काम गरिरहेको छ ।जीतपुरसिमरा उपमहानगरको सहयोग र कृषि ज्ञान केन्द्र बाराको सहयोगमा १० बिघा जग्गा रिलिजमा लिएर सन्तोष यादव र र सुरेश प्रसाद यादव सहित ५ जनाले केरा खेति गरेको छ तर सिचाई र बिधुतको राम्रो व्यवस्था नभएको कारण अहिले पानिको कमीले केराको बोटहरु सुक्न थाले पछि उनिहरु चिन्तामा परेको छ ।

विदेश जानु भन्दा राम्रो स्वदेशमै केहि पैसा ऋण लिएर केरा खेति गर्यौ तर केरालाई आवश्यक पर्ने पानि हामीले दिन सकेका छैनौ जसको कारण अहिले केराको बोटहरु सुक्न थालेको सुरेश प्रसाद यादवले बताए । दिनभरी मोटर चलाएर पानि दिन्छु तर बिधुतको भोल्टेज पर्याप्त नभएको कारण मोटर पनि खराब हुने गरेको कारण अहिले केरा खेतीमा लगाएको आम्दानी डुब्ने डरले सताईरहेको यादवले बताए । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमरामा पटक पटक २ फेज लाईनलाई ३ फेज बनाउनको लागि अनुरोध गर्दा समेत अहिले सम्म ३ फेजको लाइन जडान नगरेको कारण केरा खेतिमा उनीहरु असफल हुने डरले सताईरहेको छ ।

यता नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराले बजेटको अभाव देखाउदै ३ फेज लाईन जडान गर्न नसकेको बताए । बजेट आउने बितिकै आफुहरुले ३ फेज लाईन जडान गर्ने बितरण केन्द्र प्रमुख रुमेश रुपाखेतीले बताए । जीतपुरसिमरा उपमहानगरपालिकाले केरा खेतीमा सहयोग गरे पनि सिचाईको व्यवस्थापनमा खासै पहल गर्न सकेको छैन । जीतपुरसिमरा उपमहानगरको हजारौं किसानले सिचाईको लागि पर्याप्त भोल्टेजको बिधुत जडान नभएको कारण अहिले समस्याको सामना गरिरहेको छ । पेट्रोलियम पदार्थको मूल्य उच्च रहेको कारण दमकल प्रयोग गरेर सिचाई गर्ने अवस्था नरहेकोले किसानहरु अहिले सिचाईको लागि बर्षाको पर्खाईमा रहेको छ । गर्मि बढे संगै पानीको मुहान सबै सुक्न थाले पछि बाराका किसानहरु अहिले पिडा खेप्न बाध्य भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस