आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘पुष्पा– २’ फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री

एपी खबर २०८१ बैशाख ८, शनिबार ( ३ महिना अघि) १६५ पाठक संख्या

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै एकहजार करोड कमाउने भएको छ । फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ ।कोइमोइ डटकमको रिपोर्ट अनुसार ‘पुष्पा– २’ को हिन्दी डब गरिएको थिएटर राइट्स दुईसय करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड र ओभरसीज राइट्स एकसय करोडमा बिक्री भएको छ ।

त्यसपछि यसको डिजिटल अधिकार २७५ करोड रुपैयाँमा बेचिनेछ । यस्तै, स्याटलाइट, अडियो र संगीत अधिकारहरू ४५० करोड रुपैयाँमा बेचिने छ । यी सबैलाई एकसाथ लिँदा ‘पुष्पा– २’ को रिलिज अघिको व्यापार एकहजार करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस