आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्राफिक प्रहरीद्वारा जीतपुरमा सांकेतीक बोर्ड जडान

AuthorAP Khabar२०७५ श्रावण ३१, बिहिबार (५ साल अघि) ५७० पाठक संख्या

सिमरा, ३१ साउन

जील्ला ट्राफिक प्रहरी कार्यलय बाराले जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा ट्राफिक सचेतना सम्बन्धि विभिन्न सांकेतीक बोर्ड राखेको छ । ट्राफिक प्रहरीले ब्रहमकुमारी राजयोग उप सेवा केन्द्र जीतपुरको सहयोगमा सो सांकेतीक बोर्ड विभिन्न स्थानमा राखेको हो ।

एक दिने ट्राफिक सचेतना कार्यक्रम अन्तरगत जील्ला ट्राफिक प्रहरी कार्यलय बाराले जीतपुरको उपमहानगरपालिकाको वडा नम्बर ७ का कार्यालय, सामुदायीक तथा निजी विद्यालय लगाएत विभिन्न सार्वजनिक स्थानहरुमा सांकेतीक बोर्ड राखेको जीतपुर ट्राफिक पोस्टका प्रमुख प्रहरी सहायक निरिक्षक जटाशंकर सिहंले जानकारी दिनुभएको छ ।

मानव कल्याणका लागि समाजमा सकारात्मक सन्देश दिदै आएको गब्रहमकुमारी राजयोग उप सेवा केन्द्र जीतपुरले मानव जीवनको रक्षा हेतु १७ ओटा ट्राफिक नियम सम्बन्धि संकोतीक बोर्ड ट्राफिक प्रहरीलाई सहयोग गरेको ब्रहमकुमारी राजयोग उप सेवा केन्द्र जीतपुरका प्रतिनीधी श्रवण भाइजीले जानकारी दिनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जील्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक विकाश बमले बारामा सवारी दुर्घटनाका कारण वार्षिक ४७ जनाका मृत्यु हुनेगरेको बताउनुभएको छ । उहांले यस तथ्याङ्कलाई कम गर्न र सवारी दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक प्रहरीले मात्र चाहेर सम्भव नहुने बताउदै सबेले ट्राफिक नियमको पालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, सशस्त्र वेस क्याम्प जीतपुरका सशस्त्र प्रहरी निरिक्षक प्रकाश पौडेल, ट्राफिक प्रहरी अनुज चौरसिया लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस