आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रअद्धारा बैंक खाताबाट रकम किर्ते गरेको अध्यक्ष आलमको आरोप

AuthorAP Khabar२०७५ भाद्र १, शुक्रबार (५ साल अघि) ४८२ पाठक संख्या

जीतपुर : बाराको एक विद्यालयका प्रअ.ले किर्ते गरी बैंकबाट रकम हिनामिना गरेको रहस्य बाहिर आएको छ । प्रस्टोका १ हरपुरमा रहको श्री नेपाल राष्ट्रिय निम्न माध्यमीक विद्यालयका प्रअले बैंक खाताबाट रकम किर्ते गरेका कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले बताएपछि रहस्य बाहिर आएको हो ।
समितिका अध्यक्ष अफरोज आलम ( मुना )ले राष्ट्रि वाणिज्य बैंक कलैयामा रहेको विद्यालयको खाता नम्बार १२६००००८९६०१ को खाताबाट प्रअ केदार शर्माले पटक पटक किर्ते गरी रकम हिनामिना गरेको आरोप लगाएका छन् ।
अध्यक्ष आलमले आफु काम विशेषका कारण भारत गएको बेला मेरो किर्ते हस्ताक्षर गरी प्रअ शर्माले खाताबाट करिब १० लाख रकम निकालेर निजी रुपमा प्रयोग गरेको बताएका छन् ।
विद्यालयमा शिक्षा कार्यलय बाराले तिन कोठे बलक भवन निर्माण गर्न पठाएको करिब ७ लाख र शिक्षकको तेस्रो चौमासिक तलब लगभग ३ लाख गरी १० लाख रकम शर्माले हिनामिना गरेको आरोप अध्यक्ष आलमले लगाएका छन् ।
रकम हिनामिनाका कुरा बाहिर आएपछि बिगत १ महिनाबाट प्रअ शर्मा बेपता रहेको विद्यालयका नि.प्रअ मंगलदेव प्रसाद मण्डलले बताएका छन् ।
भवन निर्माणका लागी लगभग ४ लाख बराबरको बालुवा, ढुङ्गा र फलामका पाइप खसालेको तर बाकि पैसा र शिक्षकको तलब खातामा नभएको नि.प्रअ मण्डलले जानकारी दिए ।
चौथो चौमासिकको रकम शिक्षा कार्यलयले खातामा पठाउने समय भैसक्दा समेत पहिलाको तलब नपाउदा आफुहरुको मानसिक्दा खस्कदै गएको शिक्षकहरुले गुनासो गरेका छन् ।
समितिका अध्यक्ष आलमले प्रअ.को विरुध किर्ते गरेको भन्दै जिल्ला प्रशासन कार्यलय बारामा उजुरी गरेको तर त्यस उजुरी प्रति कुनै कारवाहि नभएको बताए ।
हाल विद्यालयमा अध्यक्षले मण्डललाइ नि.प्रअको रुपमा राखेको तर समिति एवम शिक्षकहरुबिच कुनै सहमति नभएको एक शिक्षकले जानकारी गराएका छन् ।
विद्यालयमा प्रअ नआउदा अधिकाशं बालबालिकाले पुस्तक समेत नपाएको विध्यार्थीहरुले कृपा दैनिकलाइ जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस