आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जील्लाको शैक्षीक सुधारमा लागेको छु : जिल्ला शिक्षा अधिकारी पोखरेल

AuthorAP Khabar २०७५ भाद्र १, शुक्रबार ( ५ साल अघि) ६८० पाठक संख्या

बारा जिल्लाका शिक्षा अधिकारी धन प्रसाद पोखरेलको जन्म वि.स. २०२७ सालमा कास्कीमा भएको हो । २०५५ सालमा शिक्षा कार्यलयमा विद्यालय निरीक्षकको रुपमा सरकारी सेवामा प्रवेस गरेका उनी हाल शिक्षा अधिकारीका रुपमा बारामा कार्यरत छन् ।
बझाङ्गबाट सरकारी सेवामा प्रवेस गरेका उनी त्यहा बसेर लगभग ७ वर्ष सेवा गरेको पाइन्छ् । बझाङ्ग पश्चात बाग्लुङ्ग १० वर्ष अनि पर्सा र बारामा गरी २ वर्ष शिक्षा कार्यलयको विभिन्न पदमा रहेर आफ्नो सेवालाइ उनले अगाडी बढाए ।
वि.स. २०७१ मा बि.नि बाट शिक्षा अधिकारी बनेका पोख्रेलले हाल बारा जिल्लामा अन्य शिक्षा अधिकारी भन्दा फरक रुपमा काम गरेकाबाट जिल्लाका अभिभावक र स्कुले बालबालिकामा केहि आशा पलाएको छ ।
वाहाँसंग बाराली शिक्षा क्षेत्रको बारेमा गरीएको कुराकानिको सारसंक्षेप :

१. बारा जिल्लाको शिक्षा अधिकारीको रुपमा काम गरी रहदा यस जिल्लाको शैक्षिक अवस्थालाइ कसरी लिनु भएको छ ?

बाराको समग्र शैक्षिक अवस्थाको कुरा गर्दा कार्यलय देखि लिएर शिक्षक सम्म सबै कुनै न कुनै प्रकारले सेवा ग्राहि अर्थात अभिभावक र विध्यार्थी प्रति गैर जिमेवार रहेको पाइएको छ । जसको सुधारमा आफु लागेको छु ।
२ बारामा प्रमुख बनेर आउदा यहाको शैक्षिक अवस्था कस्तो रहेको थियो ?

यस जिल्लाको प्रमुख बन्नु भन्दा पहिले म यसै कार्यलयमा सहायकको रुपमा कार्यरत रहेको थिए । त्यस समयमा १०–५ बजे सम्म कुनै क्रमचारी कार्यलयमा नबस्ने अवस्था दियो । कहिले काहि त म मात्रै एक्लै कार्यलयमा हुन्थे र कार्यलयमा आउने सेवा ग्राहिहरु फर्केर जाने गरेका थिए ।
विद्यालय पठनपाठन समयमा नहुने शिक्षक र प्रअहरुको मनोपोलि रहेको थियो । भने खाजा र भवन निर्माणका रकममा ब्यापक अनियमित्ता थियो ।
३. तपाइको भनाइ अनुसार कार्यलयमा यती धेरै समस्याहरु रहेछ अनि तपाइले कसरी कार्य गर्दै हुनुहुन्छ ? र तपाइ आएपछि के के सुधारहरु भए ?

म कार्यलयको प्रमुख भएर आएपछि कार्यलयमा सबै क्रमचारीलाइ १०–५ बजे सम्म बस्ने कार्यलयमै बस्ने वाताबरण श्रृजना गरेको छु । पहिला कुनैपनि फाटमा काम हुदैनथ्यो तर आज भोली सबै फाटबाट सहज रुपमा काम हुन्छ । र म आफै यही नै बस्ने गरेको छु ।
४. तपाइले काम सहज रुपमा भइरहेको भनि रहदा कमिसन बिना कुनै काम नहुने सेवाग्राहीले गुनासो गरेका छन् नि ?

यो गलत कुरा हो । पहिले ब्यापक मात्रामा यो प्रथा यस कार्यलयमा जडागाडेर बसेको थियो तर अहिले न्यून भएर गएको छ । सेवा ग्राहीको काममा म आफै प्रत्यक्ष रुपमा सहभागी भएर लाग्ने भएको कारण कमिशनको खेल अब बन्द भएको मलाइ लाग्छ । कार्यलय बाहेक कुनै पनि ठाउंमा आफु हुदा पनि सेवा ग्राहीको फाइलमा सहि स्थानमा सिफारीस गर्ने गरेको छु । यहा हरेक कुरालाइ दलालको माध्यमबाट गराउने बानिको विकास भएको छ । आज भन्दा १० दिन पहिले नै सबै विद्यालयको खातामा तलब निकासा भै सकेको छ तर प्रअलाइ अहिले सम्म थाहा छैन् । एउटा माध्यमिक शिक्षकले आफ्नो कुरा सिधै मसंग भन्न सक्दैन । दलालको माध्यमबाट भन्न लगाउछ । यो गलत रबैया हो । मसंग हुने कुरा आफै आएर भन्न सक्ने बातावरण बनाउन लागेको छु ।
५.तपाइले सबै कुरा ठिक छ भनि रहदा अहिले पनि कति प्रअहरु आर्थीक हिना मिना गरेर शिक्षा कार्यलयलाइ ठगी रहेका छन् ? तर कार्यलयले कुनै पहल गर्न सकेको छैन् ?

कार्यलयले गर्नु पर्ने अनुगमन ठिक तरीकाले नभएको देखिन्छ ।मलाइ लाग्छ कि म लगभग सबै विद्यालयमा पुगेको छु । अनुगमन एकदम ठिक तरीकाले चलेको छ तरपनि कहि कतै एक दुइ ठाउंमा प्रअले आर्थीक हिनामीना गरेका कुरा सुन्नमा आएको छ । गलत गर्नेलाइ सजाय भोग्नै पर्छ । बारामा ८१ करोड बेरुजु थियो । यस वर्ष मैले बेरुजु हुनेहरुको रकम रोका गरेको छु । सिद्धान्त र नियम भन्दा बाहिर गएर म काम गर्न सक्दिन ।
६ तपाइले आफुले सबैको काम निश्पक्ष गरेको भनि रहदा कार्यलयका केहि क्रमचारीहरु फाइल लुकाउने र १० प्रतिशत कमिशन माग्ने गरेका छन् । यसलाइ कसरी ब्यवस्थापन गर्नु हुन्छ ?

पहिले देखि बिगरेको बानि सुधार हुन केहि समय लाग्छ । म आफै कसैसंग एक रुपैया पनि लिएको छैन् । घुस लिने र दिने दुबै कानुनको दायरामा एक न एक दिन पर्छन् ।
७. बाराको सामुदायीक विद्यालय भन्दा निजी विद्यालयमा विद्यार्थी संख्या बढ्दै भएको छ । यसको मुख्य कारण के हुन सक्छ ?

शिक्षामा राजनिती जुन दिन बन्द हुन्छ त्यो दिन सामुदायीक विद्यालय राम्रो हुन्छ । शिक्षक देखि लिएर कार्यलयका क्रमचारी सम्म राजनितीक पृष्ठपोषणमा छन् । पानी प¥यो सामुदायीक विद्यालयमा पठनपाठन बन्द हुन्छ किनकी शिक्षकहरुको तलब २५ हजार छ तर निजी विद्यालयमा ३ हजारमा पढाउने शिक्षकले पानी परेपनि निरन्तर काम गर्छन् । फरक यति छ निजी विद्यालयमा राजनिती हुदैन् ।
८. तपाईबाट बाराली अभिभावक र बालबालिकाले अबको दिनमा के आश गर्न सक्छन् ?

म धेरै केहि गर्न सकेको छैन् तर गर्ने प्रयास गरेको छु । आफै विद्यालयमा गएर विध्यार्थीहरुसंग भेट्ने, विद्यालयको समस्या सुन्ने जस्ता कार्यहरु गर्दै आएको छु । अब दुइ औटा काम गर्ने मेरो मन छ । सायद म अब १ महिना भन्दा बढि यहां बस्दिन तर एक कक्षालाइ कार्पेटमय र सबै विद्यालयलाइ ह्वाइट बोर्डमय बनाउने मेरो सोच छ जसको लागी मैले केन्द्रमा पहल गरेको छु र असार मसान्त सम्म सबै विद्यालयमा यस बापत रकम पठाउने प्रयास गर्ने छु ।
९. अन्त्यमा शिक्षाको क्षेत्रमा सम्लग्न सबैलाइ के भन्न चाहनु हुन्छ ?

बालबालिका भनेको देशको कर्णधार हुन् त्यसैले बालबालिकाको भविष्य बनाउन सबै लाग्नु पर्छ । बालबालिका प्रति आजकाल अभिभावक कम ध्यान दिने गरेको पाइन्छ त्यसैले चिया पसलमा बसेर खर्चिने समय आफ्ना बालबालिकालाइ घरमा दिएर समयको सदुपयोग गर्न म आभिभावकहरुलाइ आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस