सिमरा : महिला तथा बालबालिका विरुद्ध हुने हिंसा विरुद्धको अभियान अन्तरगत शनिवार बाराको सिमरामा ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । महिला तथा बालबालिका कार्यलय कलैयाको सहयोगमा सिमरा महिला वचत तथा ऋण सहकारी संस्था सिमराले ¥याली तथा अन्तरक्रिया कार्यक्रको आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले महिला हिसा न्युनिकरणका लागि प्रत्येक व्यक्ति आफू नै परिवर्तनको सुत्रधार भएको बताएका थिए । उनीहरुले महिला हिंसाविरुद्धको अभियानमा सधै आफूहरु लागिरहने प्रतिवद्धता समेत जनाएका थिए ।
सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अनिता लम्सालको अध्यक्षतमा सम्पन्न कार्यक्रममा महिला तथा बालबालिका अधिकारी निरुलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा समाजसेवी भोला अधिकारी, विभिन्न पाटीका प्रतिनिधिहरु क्रमशः छवीलाल शर्मा, रमेश खरेल, प्रेम बराल, राधादेवी साह, गीता कडेल, शोभा कार्की, माया दाहाल, पत्रकार विदुर खड्का सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाकी संस्थापक अध्यक्ष पुन्यवति कडेल लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाकी कोषाध्यक्ष भिमा शर्मा पौडेलले स्वागत गर्नुभएको कार्यक्रम संस्थाकी सचिव निर्मला सुवेदीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ सिमरा शाखाका अध्यक्ष युवराज पौडेल सहकारीका लेखा समिति संयोजक सरस्वती गौतम लगायत १सय १० जना महिलाहरुको उपस्थिित रहेको थियो ।











प्रतिक्रिया दिनुहोस