आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सडक छेउमा रहेको गौशालाको जग्गा नगरपालिकाद्धारा खाली गराइयो

AuthorAP Khabar २०७५ भाद्र १, शुक्रबार ( ६ साल अघि) ५७१ पाठक संख्या

जीतपुर, २३ जेठ : बाराको गढीमाई नगरपालिका–७ जीतपुर सडक छेउमा रहेको वीरगंज–जीतपुर गौशालाको अतिक्रमीत जग्गा नगरपालिकाले खाली गराइएको छ । पटक पटक जग्गा खाली गर्न सुचना गर्दा समेत घर,टहरा खाली नगरेपछि नगरपालिकाले बाध्य भएर डोजर लगाइ सो जग्गा खाली गरेको हो ।
नगरपालिकाले गौशालाको जग्गामा अतिक्रमण गरेर बसेका २७ वटा घर, टहरालाइ डोजर लगाएर आइतवार हटाएको छ । अतिक्रमीत जग्गामा घर, टहरा बनाएर बस्दै आएकाहरुलाइ जेठ २० गते सम्म आफै जग्गा खालि गर्न सुचना दिइएको भएपनि जग्गा खालि गर्न अटेरी गरेपछि नगरपालिकाले आइतवार डोजर लगाएर खाली गरेको नगरपालिकाका कार्यकारी अधिकृत नाथु साहले जानकारी दिए ।
आइतवार नगरपालिका, उद्योग वाण्ज्यि संघ जीतपुर र स्थानिय प्रसाशन तथा स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको सक्रीयतामा सो अतिक्रमीत जग्गा खाली गराइएको छ ।

प्रतिक्रिया दिनुहोस