आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संजिवनी वाटिकाका बृद्ध आश्रममा लता कपडा तथा खाद्यान्न वितरण

AuthorAP Khabar२०७५ भाद्र १, शुक्रबार (५ साल अघि) ६५१ पाठक संख्या

जीतपुर, २४ जेठ : बाराको जीतपुरमा सोमबार जेष्ठ नागरीकहरुलाइ लता कपडा तथा खाद्यान्न वितरण गरीएको छ । संजिवनी वाटिका बृद्ध आश्रम जीतपुरको परिसरमा सम्पन्न कार्यक्रममा २२ जना बृद्ध–बृद्धाहरुलाइ सो समाग्री वितरण गरीएको हो ।
कार्यक्रममा जील्ला विकास अधिकारी नारायण पाण्डेले संजिवनी वाटिका बृद्ध आश्रमलाइ सधै सहयोग गर्न आफु तत्पर रहेको बताउनु भएको थियो । प्रमुख अतिथी समेत रहेका पाण्डेले यो आश्रम बृद्धहरुकोलागी वास्तविक संजिवनी बनोस भन्ने कामना समेत गर्नुभयो ।
उहांले बृद्धहरुको आवाज सम्म सुन्न मन नपराउने हाम्रो सोचलाइ परिवर्तन गरी उनीहरुसंग भएको अनुभवलाइ सदुपयोग गर्न आवश्यक रहेको बताउनु भएको थियो ।
कार्यक्रमको अध्यक्ष सांसद फरमुलाह मंसुरले रामयणमा लक्ष्मणलाई संजिवनीले जीवन दान दिएझै यस आश्रमले बृद्धबृद्धालाइ जीवन जीउने आशाको किरण दिने जिकीर गर्नु भएको थियो ।
आश्रमका अध्यक्ष समेत रहनु भएका सांसद मंसुरले बृद्ध आश्रमको लागी एक करोड रुपैया बराबरकोे अक्षय कोष स्थापन गर्न लागेको र त्यसको लागी सबैको सहयोगको आवश्यक्ता रहेको बताउनुभयो ।
कार्यक्रममा महिला विकास अधिकारी निरुलक्ष्मि श्रेष्ठ, स्थानिय समाजसेवि कृष्णब्रत सिहं, लगाएत स्थानिय वासिको उल्लेख्य सहभागीता रहको थियो ।
प्रविणता शर्माको संचालनमा सम्पन्न कार्यक्रममा सांसद एवम आश्रमको कोषध्यक्ष समेत रहनु भएकी मधु शाहिले सबैलाइ स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको कोषबाट आश्रमलाइ महिला बालबालिका कार्यलय कलैयाले १५ जनालाइ पुग्ने गरी एक एक थान खाट, दराज, टेबल, कुर्सि र खाना पकाउने समाग्री प्रदान गर्नु भएको थियो ।
त्यस्तै जील्ला विकास समितीद्धारा स्थानिय २२ जना बृद्धहरुलाइ एक ÷ एक थान लुङ्गी, कमिज र गम्छा बृद्धाहरुलाइ एक÷एक दान साडि, चोलो र पेटिकोटको कपडा बितरण गर्नुका साथै जनहि सबैलाइ ५ किलो पिठो, ३० किलो चामल र ५०० रुपैया यातायात खर्च बितरण गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस