आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यालय ब्वस्थापन समितिद्धारा विद्यालयमा तालचा

AuthorAP Khabar २०७५ भाद्र १, शुक्रबार ( ५ साल अघि) ७१२ पाठक संख्या

कोल्हबी, २५ जेठ : विद्यालय ब्यवस्थापन समितिद्धारा विद्यालयमा ताला बन्दि गरीएको छ । बाराको जुअवाकट्टीमा रहेको प्राथमीक विद्यालयमा प्र.अ.को लापार वाहिका कारण समितिले ताला बन्दि गरेको हो ।
विगत ८ महिनादेखि शिक्षकलाइ तलब नखुए पछि विद्यालयमा विवाद बढदै गएको र प्र.अ. गैर जीमेवार भएकोले तालाबन्दि गर्नु परेको विद्यालय ब्यवस्थापन समितिका सदस्य यदुनन्दन चौधरीले जानकारी दिए ।
विद्यालयको गतिविधी संचालन गर्न समति र प्र.अ. मिलेर शिक्षा कार्यलय वा अन्य कुनै निकायमा जान समय तोक्ने र तोकेको समयमा गायब हुने प्रबृति बढदै गएको समितिका तथा श्रोत ब्यक्तिको कुरा नटेर्ने र विद्यालय पनि नआउने भए पछि बाध्य भएर तालाबन्दि गरेको समिति सदस्य चौधरीले बताए ।
विद्यालयका प्रअ राम प्रसाद चौधरीले शिक्षकको हाजरी रजिश्टर, समितिको म्यान्यूट रजिश्टर लगाएत अन्य आवश्यक कागजात समेत आफ्नो घरमा लुकाएर राखेको आरोप समितिको रहेको छ ।
यसैगरी प्रअमा पलाएको लोभका कारण विद्यालयमा यो अवस्था आएको श्रोत ब्यक्ति बृजकिशोर त्रिपाठीले बताएका छन् । तिन पटक सम्म विद्यालयमा गएर प्रअ, समिति र शिक्षकको बिच सहकार्य गर्ने प्रयास गर्दा समेत प्रअले नमानेपछि समितिले प्रअको विरुधमा विद्यालय बन्द गर्ने अवस्ता आएको हुन सक्ने उनको भनाइ रहेको थियो ।
यसै सम्बन्धमा जील्ला शिक्षा अधिकारी धन प्रसाद पोखरेलसंग कुरा गर्दा प्रअलाइ पटक पटक शिक्षकको तलब दिन र समितिसंग सहकार्य गरेर विद्यालय संचालन गर्न पत्र नै पठाउदा समेत प्रअले नमानेको बताए ।
विद्यालयमा तालाबन्दि भएको कुरामा अन्भिग्यता देखाउदै त्यसको बारेमा बुझने र विद्यालय संचालन गर्न जील्ला प्रशासनसंग समान्वय गरेर अगाडी बढने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस