सिमरा, २५ जेठ : हुलाकको महानिर्देशक द्रोण पोखरेलले हुलाकमा नयां प्रविधि ल्याएर सेवाग्राहीलाइ सहज सुविधा दिन जरुरी रहेको बताउनुभएकोे छ । बाराको सिमरामा बिहिवार इलाका हुलाकको समुदघाटन कार्यक्रममा उहांले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेको पोखरेलले नवनिर्मीत भवनको उदधाटन गर्दै बाराको महत्वपुर्ण स्थानमा रहेको यस कार्यलयबाट सहज र सुलभ तरीकाले सेवा प्रदान गर्न कर्मचारीहरुलाइ निर्देश्न समेत दिनुभयो ।
भौतिक पुर्वाधार राम्रो भएर मात्र नभै सेवा समेत चुस्त र दुरुस्त हुनुपर्ने बताउदै देश संघियतामा गएको र प्रन्तमा केन्द्र सरकारको निकाएको रुपमा हुलक हुने भएकोले यसको औचित्य अझै बढेको उनको कथन रहेको थियो ।
८५ प्रतिशत ब्यक्तिगत चिठीको संख्यामा कमि आएपनि हुलाकमा कामको कमि नभएको र अवको ६ महिनामा आफ्नो सवारी साधन सहितको हुलाक सेवा दिन विभाग तयारी गरीरहेको उहांले जानकारी दिनुभयो ।
यसैगरी इलाका प्रशासन कार्यलय सिमराका प्रमुख चोमेन्द्र न्योपानेले इलाका प्रशासन कार्यलयको सेवा केन्द्र सिम्रोनगढ र कोल्बीमा असोज १ गतेबाट संचालनमा आउने जानकारी गराउनु भएको थियो ।
उहांले हुलाकलाइ समेत जनताले चाहे अनुसारको सहज सेवा प्रदान गर्न ठाउं ठाउंमा प्रविधि युक्त सेवा केन्द्र खोल्न आग्रह गर्नुभएको थियो ।
जील्ला हुलाक कार्यलय बाराका प्रमुख अदालत प्रसाद कुर्मिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जील्ला हुलाक कार्यलय पर्साका प्रमुख अमित मिश्र, आन्तरीक राजश्व कार्यलय सिमराका प्रमुख खेमनारायण रेग्मी, पुर्व गाा.वि.स अध्यक्ष भोला पौडेल, हातेमालो साकोसका संचालक कृष्ण पौडेल, इलाका प्रहरी कार्यलय सिमराका प्रमुख पुरुषोतम पौडेल, विधुत प्रधिकारण सिमरा शाखाका प्रमुख लगाएत विभिन्न सरकारी कार्यलयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सिमरा शाखा प्रमुख राजेश कुमार डङ्गेलको संचालनमा सम्पन्न कार्यक्रममा सम्झना गिरीले अतिथीहरुकालाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा अतिथीहरुले रिवन काटेर कार्यलयको उद्घाटन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस