आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नयँ गोरेटो पुर्न स्थापना क्रेन्द्र बाराद्वारा जन चेतना मूलक कार्यक्रम

AuthorAP Khabar२०७५ भाद्र १, शुक्रबार (५ साल अघि) ६७९ पाठक संख्या

जीतपुर, ३१ जेठ  : बाराको जीतपुरमा लागु औषध बिरुद्ध एक दिने जन चेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । नयँ गोरेटो पुर्न स्थापना क्रेन्द्र बाराको आयोजनामा सोमवार जीतपुर स्थित फकिरा गिरी राजेश्वर गिरी उच्च माध्यमिक विद्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुरुषोतम खडकाले लागु औषधको प्रयोगमा हुने अपराध र त्यस अपराध सम्बन्धि कानूनमा हुने कारवाहीको बारेमा बालबालिलाइ जानकारी गराउनु भएको थियो ।
साथै प्रहरी निरीक्षक खडकाले बारा र मकवानपुरमा लागु पदार्थको कारोबार बढेको र त्यसमा विद्यँर्थीहरुलाइ विशेष प्रयोग गर्ने गरेको तथ्याङ्क सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रममा दुब्र्यसनिमा लागेका विरगंजका सदाम हुसेनले आफु कुलतमा लागपछि भोग्नु परेका अप्ठ्याराहरुको बारेमा जानकारी गराएका थिए ।
लतमा लाग्नु भन्दा पहिले घरपरिवार एवम समाजका सबैको माया पाउने गरेको हुसेनले बताएका थिए । तर लागु औषधको सेवन पश्चात झगडा गर्ने कसैको कुरा नटेर्ने र सास फेर्न पनि आफुले मन पराएको केमिकलको सेवन गर्न बाध्य हुने गरेकोले आफु दिन प्रति दिन नराम्रो लतमा फस्दै गइरहेको विद्यार्थीहरुलाइ जानकारी दिए ।
उठन, बस्न र बोल्न समेत लागु औषधको सेवन गर्ने अवस्थामा पुग्दा बुवाले पथलैयामा रहेको नयां गोरेटो पुनस्र्थापना केन्द्रमा ल्याएर राखेदेखि मेरो जीवनमा परिवर्तन आएको बताउदै हुसेनले लागु औषधकोे कुलतमा कसैलाइपनि नफस्न आग्रह गरेका थिए ।
सस्थाका अध्यक्ष राजकुमार लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी एवम शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रम सस्थाका संरक्षक दिपु दुलालको सहकार्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस