आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वन संरक्षण संबन्धि अन्तरक्रिया सम्पन्न

AuthorAP Khabar २०७५ भाद्र ५, मंगलबार ( ५ साल अघि) ९४७ पाठक संख्या

सिमरा :  वन अतिक्रमण, कटान तथा चोरी सिकारी नियन्त्रण बिषयक अन्तरक्रिया कार्यक्रम बाराको डुमरवाना र सिमरामा सोमबार सम्पन्न भएको छ । जिल्ला वन कार्यालय बाराले आर्थिक सहयोग र नेपाल आदीवासी जनजाती जिल्ला समन्वय परिषद् बाराको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाका वनसंग जोडिएका पाँच स्थानमा गरिने कार्यक्रम अन्तरगत दोस्रो दिन डुमरवाना र सिमरामा यो कार्यक्रम गरिएको हो । पहिलो दिन यो कार्यक्रम मनहर्वा र हरैयामा सम्पन्न भएको थियो । त्यस्तै मंगलबार बोलहबीमा अन्तरकृया गरेपछी कार्यक्रम समापन हुने नेपाल आदीबासि जनजाती जिल्ला समन्वय परिषद्की अध्यक्ष गुरुङ्गले जानकारी दिनुभएको छ ।
परिसदकी अध्यक्ष सिता गुरुङ्ग सभापत्तिवमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका गढिमाइ नगरकमिटि अध्यक्ष रुपलाल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रेडियो सिमराका उपाध्यक्ष सुन्दर विश्वकर्मा, नकपा एमालेका भरत खड्का, राप्ररा नेपालका आत्माराम अर्याल लगाएत, नेपाल पत्रकार महासंघ बारा सदस्य एवं सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा लगायत स्थानियको सहभागिता रहेको थियो ।
सहभागीहरुले वन संरक्षणमा सबैको साझा धारण बनाएर अगाडी बढन जरुरी भएको बताएका थिए । कार्यक्रम परिसद्का उपाध्यक्ष रामदास धौजुको सहजीकरण र रामजी महतोको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस