आज:  २०८१ चैत्र ११, मंगलबार | Tue, 25, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा शाखाद्धारा बारा उद्योग वाणिज्य संघ कलैयाका नवनिर्वाचित पदाधिकारीलाइ सम्मान तथा कृषि सहकारीलाइ माटो परिक्षण मेसिन हस्तानतरण

AuthorAP Khabar २०७५ भाद्र ५, मंगलबार ( ६ साल अघि) ८६६ पाठक संख्या

सिमरा : उद्योग वाणिज्य संघ शाखा कार्यलय सिमराले शुक्रवार बारा उद्योग वाणिज्य संघ कलैयाका नवनिर्वाचित पदाधिकारीलाइ सम्मान गरेको छ ।
सिमरा स्थित संघको कार्यलयमा सम्पन्न एक समारोहका बिच बारा उद्योग वाणिज्य संघ कलैयाबाट नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाइ सिमरा शाखाले सो सम्मान गरीएको हो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ शाखा कार्यलय सिमराले किसानहरलाइ माटो परिक्षण गर्न ३५ हजार बराबरको मेसिन समेत वितरण गरेको छ ।
बाराका किसानहरुलाइ माटो परिक्षण गर्न हेटौडा जाने बाध्यता रहेकोले कृषि सहकारी संस्थाका डुमरवानाका अध्यक्ष विष्णु अकिारीलाइ सो मेसिन प्रदान गरीएको संघका सचिव मोहन शर्माले जानकारी दिनुभयो ।
उद्योग वाणिज्य संघ शाखा कार्यलय सिमराका अध्यक्ष शिव पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा गढिमाइ नगरपालिकाका नव कार्यकारी अधिकृत दिल्लीराज बेलबासे, गढिमाइ नगरपालिकाका कार्यकारी अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य संघ शाखा कार्यलय कलैयाका अध्यक्ष विनोद साह लगाएत सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहको थियो ।
कार्यक्रममा संचालन संघका सचिव शर्माको र स्वागत कोषध्यक्ष कमला अधिकारी रिमालको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस