आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिर्ण बाटोका कारण चिन्तीत बन्दै बाराका माछा ब्यवसायी

AuthorAP Khabar २०७५ भाद्र ५, मंगलबार ( ५ साल अघि) ५६९ पाठक संख्या

सिमरा : माछा पालन ब्यवसायमा आत्मनिरभर बनेको बाराका किसानहरु ग्रामिण भेगमा राम्रो बाटो नहुदा चिन्तीत भएका छन् । हरेक वर्षको वर्षा याममा परेको पानीले जिर्ण बनेको बाटोका कारण माछा निर्यात गर्न समस्या उत्पन्न हुन थालेपछि माछा ब्यवसायीहरु चिन्तीत भएका हुने ।
बारा जिल्लाबाट माछा ब्यवसायीहरु नेपालको विभिन्न ठाउंमा जिउदो माछा पु¥याने गरेको र देश राजधानि काठमाडौं लगाएत अन्य शहरमा बाराको ज्युदो माछा नै प्रसिद्ध रहेकोले यहांका किसान जिउदो माछा निर्यात गर्न अवधि रुचाउने गरेको छन् ।
तर मुख्य माछा उत्पादन हुने माछा गाउ (बोधवन) र सिम्रोनगढ क्षेत्रबाट राजमार्ग जोड्ने बाटो राम्रो नहुदा माछा पालक किसानका जिउदो माछा बाटो मै मर्ने सम्भावना बढेने गरेको किसानले बताउछन् ।
बिगत केहि समय देखि ग्रामिण भेगको बाटो जिर्ण भएको भन्दै नेपाल यातायात ब्यवसायी संघ बाराले सो क्षेत्रमा संचालनमा रहेको यातायात बन्द गरी आन्दोलन गर्दै आएका छन् ।
ग्रामिण भेगमा संचालन भै रहेको बरियारपुर देखि रौतहटको बंकुल सम्मको बाटो पुर्णरुपमा जिर्ण बनेको र बाटौकै कारणले त्यहाबाट संचालनमा रहेका सवारीहरु दुर्घटनमा पर्ने गरेको नेपाल यातायात ब्यवसायी संघ बाराका अध्यक्ष अशोक पौडेलले बताए ।
व्यवसायिक रुपमा माछा पालनका लागि बारा जिल्ला माछा उत्पादनको हवका रुपमा विकसित हुँदै गईरहेपनि सरकारले यस जिल्लामा गर्नुपर्ने धेरै कामहरु बाकि रहेको बारा मत्स्य ब्यवसायी संघका अध्यक्ष जंगबहादुर साहको भनाइ रहेको छ ।
उनले सरकारले माछा ब्यवसायीलाइ कृषक भने पनि कृषक सरह सुविधा भने नदिएको गुनासो पोखे । खेति गर्ने कृषक सरह पोखरीमा पानी राख्न विधुत महसुलमा छुट नपाएको, कृषि विकास बैंकमा कमिसनको चलखेलमा कृषक पर्नु परेको जस्ता धेरै माछा पालक कृषकको समस्याहरुको संबोधन सरकारले गर्न जरुरी रहेको जानकारी दिए ।
विषेश गरी रोहु, नैनी, कमन ग्रास प्रजातिका माछाहरु यस जिल्लामा उत्पादन भै रहेको र दिनहु करिब ६० क्वीन्टल माछा यहाबाट निर्यात हुने गरेको मत्स्य ब्यवसायी संघका अध्यक्ष साहले बताए । जस्मा छरी माछा ३० देखि ४० क्वीन्टल र २० ÷ २५ क्वीन्टल जिउदो माछा निर्यात हुने गरेको छ ।
उनले करिब ५ कठ्ठाबाट माछा पनल शुरु गर्न सकिने र यसबाट ५ जना सम्मको परिवारलाइ राम्रो जिवन जिउन सकिने भन्दै नेपालबाट खाडीं मुलुकमा काम गर्न जाने युवाहरुलाइ माछा पालनमा लाग्न समेत आग्रह गरे ।
भारतबाट करोडौंको माछा नेपालमा आयात भईरहेका अवस्थालाइ चिर्दै बारालाइ माछा ब्यवसायीमा आत्म निरभर बनाएको र केहि वर्ष भित्र नेपाललाइ माछामा पुर्ण रुपमा आत्म निर्भर बनाउन नेपाल मत्स्य ब्यवसायी संघ लागीपरेको र यसमा नेपाल सरकारको मुख्य सहयोग चाहिने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस