आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

समाजिक एकताका साथै समावेसि विकासका र समाता मुलक समाज निर्माणमा सहकारी आधार स्तम्भको रुपमा स्थापित हुदै ःनेफ्स्कुन संचालक पौडेलको भनाइ

AuthorAP Khabar २०७५ भाद्र ५, मंगलबार ( ५ साल अघि) ८१२ पाठक संख्या

                             संबाद

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ली. का सञ्चालक सदस्य तथा हातेमालो बचत तथा ऋृण सहकारी सस्था लि. का अध्यक्ष कृष्ण प्रसाद पौडेलको जन्म वि.स. २०२९ सालमा हेटौाडा नगरपालिका ७ मा भएको हो । वि.स. २०३८ सालमा बसाइ सरेर बाराको डुमरवाना (गढिमाइ नगरपालिका १५) मा बस्दै आउनु भएका उहां सहकारीकर्मी, लोखा परिक्षक एवम राजनितीमा सक्रिय रहि समाजसेवा गर्दै आउनुभएको छ ।
कानुन विषयमा स्नातक तथा ब्यवस्थापनमा स्नात्तकोतर गर्नुभएका उनले सहकारीमा समाजिक उतरदायीत्व विषयमा विद्यावारधी गर्दै हुनुहुन्छ । कृषी पेसा भएको पारिवारिक बातावरणमा बाल्यकाल बिताउनुभएका पौडेलले एस.एल.सि परिक्षा उतिर्ण गरे लगतै खेतिपातिका कामका साथसाथै शिक्षण पेशालाइ अंगालेको थिए ।
वि.स. २०६४ सालमा शिक्षण पेशामा स्थायी भएर सरकारी सेवा शुरु गरेका उनि सहकारी, लोखा परिक्षण र राजनैतिक कार्य ब्यस्तताका कारण वि.स. २०६९ सालमा शिक्षण पेशाबाट राजिनामा दिए । सिमरा क्यामपसमा सरकारी सेवा शुरु गरेका उनले सिमरा क्यामपसको संस्थापक सदस्यको रुपमा रहि सिमरा क्याम्पस स्थापन गर्न र स्थापित गराउन उल्लेखनिय भुमिका निर्वाह गरे ।
समाजसेवामा बढि समय खर्चीन रुचाउने स्वभाव भएका पौडेल वि.स. २०६४ मा सहकारीको माध्यमबाट समाजलाइ आर्थिक उन्नतीको बाटोमा आग्रसर गराउने उद्धेश्य स्वरुप बाराको सिमरामा सहकारी स्थापन गराउने कार्यमा लागे र वि.स. २०६५ साल जेष्ठमा हातेमालो सहकारीको स्थापन भयो जसमा उनि सर्वसहमतबाट सो सहकारीको संस्थापक अध्यक्ष हुने अवसर प्राप्त गरे ।
सहकारी क्षेत्रमा हातेमालो सहकारीका संस्थापक अध्यक्षका साथसाथै बाराका बचत तथा ऋण सहकारीलाइ एउटै शुत्रमा बाधेर अगााडी बढाउने प्रयास स्वरुप वि.स. २०६६ सालमा बचत तथा ऋण सहकारी संघ बारा गठन भयो जसमा उनले त्यस संघलाइ अगाडी बढाउन संस्थापक अध्यक्षको भुमिका निर्वाह गर्ने अवसर प्राप्त भयो ।
आफुले पाएको जिमेवारी इमान्दारीता र लग्नशिल तरीकाले पुरा गर्ने पौडेलले जिल्ला संघमा गरेको राम्रा प्रयासको प्रतिफल स्वरुप केन्द्रिय स्तरमा स्थान ओगटन सफल भए र उनि वि.स. २०७० सालमा केन्द्रिय बचत तथा ऋण सहकारी संघका संचालक सदस्य बनेर हाल सम्मपनि सहकारीको क्षेत्रमा आफ्नो कुशल भुमिका निर्वाह गर्दै आउनु भएको छ ।
यस क्षेत्रमा सहकारीकर्मी बाहेक लेखा परिक्षकको भुमिकामापनि उनको योग्दान उतिकै रहेको छ । २०६७ सालमा अडानको केन्द्रिय सदस्य भएका उनि हाल लेखा ब्यवसायका नियमनकारी निकाय नेपाल चाटर्ड एकाउन्टेट संस्थाको निर्वाचित काउन्सिल सदस्य समेत रहेका छन् । भने हाल राजनितिमा नेकपा एमालेका सचिवाल्य प्रचार विभाग प्रमुखको रुपमा पार्टिमा सक्रिय रहेका छन् ।
वाहासंग समग्र सहकारीको अवस्थाको बारेमा गरीएको कुराकानिको सारसंक्षेप :
सहकारी क्षेत्रको जिल्लाका साथै समग्र नेपालको गतिविधी बारे जानकारी गराइदिनुस न ?
समग्र नेपालको सहकारीको चर्चा गरीराख्नु पर्दा झन्डै ३३ हजार सहकारीमा ५३ लाख मानिसहरु छन् । सहकारी क्षेत्रले कुल गा्रहस्त क्षेत्रमा ५ प्रतिशत र बितिय क्षेत्रमा २०÷२२ प्रतिशत योग्दान पु¥याइ रहेको छ । र राज्यको उपलो तह देखि स्थानिय तह सम्म सहकारीको बारेमा चेतना, सहकारीको बारेमा बुझाइ र सहकारीको बारेमा अभ्यास निकै रफतारमा अगाडी बढिरहेको छ र राज्यले संकल्प लिएको छ । राज्य, निजी र सहकारीको सहभागीता र विकास मार्फत राष्ट्रि आर्थतन्त्रलाइ सुद्रिढ गर्ने यो भावना त्यसपछाडि राष्टिय« योजनाका आधार पत्रहरु, राष्ट्रिय सहकारी निती र विभिन्न ििवशेष सन्दर्भले अब हाम्रो मुलुकको ग्रमिण अर्थतन्त्रको रुपान्तरणका निम्ति, समाजिक एकताका निम्ती, समावेसि विकासका निन्ति र समाता मुलक समाज निर्माणकालागी सहकारी एउटा अपरीहार्य आधार स्तम्भको रुपमा स्थापित भएको छ ।
हामी अहिले नयां सहकारी ऐनको प्रतिक्षामा छौ । जसका सन्दर्भमा विभिन्न कोणबाट विभिन्न विषयवस्तुलाइ जोडेर अगाडी बढने र नेपालको परिवर्तित सन्दर्भ र प्राप्त संविधानको भावना अनुसार सहकारी ऐन प्राप्त गर्ने अवसरमा छौ । सहकारीलाइ केवल आदर्श र सिद्धान्तको रुपमा नभै ब्यवहारमा सहकारीलाइ स्थापित गर्ने र राज्य निर्माण र विकासको आधार स्तम्भको रुपमा अगाडी बढाउनु पर्छ जस्तो कुरा हाम्रो अभियान रहेको छ । बाराको सहकारी अभियानको बारेमा भनिरहनु पर्दे केहि वर्ष यता बाराको सहकारी अभियान तिब्र गतिमा अगाडी बढेको छ । हिजो २÷२.५ सयको संख्यामा रहेको सहकारी आज ७÷८ सयको हाराहारीमा रहेका छन् । ति मध्ये आधा भन्दा बढि क्रियासिल रहेको र संख्यात्मक हिसाबमा २० हजार मानिसहरु अहिले बारा जिल्ला भित्रै लागेका छन् । अरब भन्दा माथि सहकारी कारोबार बारा जिल्लामा संचालनमा रहेको छ ।
सहकारीले गरिवी निवारण अभियानको मार्फत राष्ट्रको आर्थीक परिवर्तनमा सकारात्मक भुमिका खेलेको कुरा सहकारी अगुवाहरले भनि रहदा – सहकारीले साच्चै नै गरिवी निवारण अभियानलाइ सहयोग गरिरहेको छ त ?
सहकारी अभियानले समुदायमा छरियेर रहेको पुजिहरुलाइ संगठित गर्ने, गरिब किसान मजदुरहरुलाइ संगठित गर्ने, उनिहरुकै बिचमा पुजिको निर्माण गर्ने, उनिहरुकै बिचमा बचतको निर्माण गर्ने र उनिहरुकै हितका निम्ति परिचालन गर्ने काम सहकारीले गर्छ जुन काम राज्य र निजी क्षेत्रबाट सम्भव छैन् ।
सहकारीले यो काम गर्न सक्ने भएकै कारणले गर्दा आज विश्वनै गरीबि न्युनिकरण गर्ने अनि आयमा देखिएको असमान्तालाइ घटाउने, उनिहरुलाइ एउटा जिवन स्तर बृद्धि गर्नको निम्ति प्रेरण, प्रोत्साहन, उद्धम र ब्यवसायहरु प्रबद्धन गर्ने कामहरु गर्ने गर्दछ भन्ने मान्यताको अधारमा चलिरहेको छ । नेपालको सन्दर्भमा विशेष गरी ग्रामिण समुदायमा रहेका गरिब किसान मजदुरहरुलाइ संगठित गरेर गरिबि न्युनिकरण गर्ने, स्वरोजगारीका अवसरहरु श्रृजना गर्ने, हामीसंग रहेको स्रोत र साधनहरुको अधिकतम सदुपयोगको दिसामा अगाडी बढाउने प्रयास भैरहेको छ ।
पछिलो समय सहकारी क्षेत्रमा बढ्दो विकृतीलाइ कसरी लिनु भएको छ ?
भन्डै ३४ हजारको हाराहारीमा रहेको सहकारी संघ सस्थाहरु क्रियासिल भै रहदा ५२÷५३ लाख मानिसहरु संगठित भएर अगाडी बढिरहदा धेरै राम्रा संभावनाहरु देखा परेका छन् । जस्लाइ कसैलेपनि नजरअन्दाज गर्न सक्दैन् । नेपालका सबै निकायहरुले सहकारीको अपरिहर्यतालाइ संबोधन गरिरेहका छन् । यसका पछाडि केहि कारण छ त्यो हो सहकारीले राम्रो काम गरीरहेको छ । यसका पछाडि केहि कमजोरी र बिक्रितीहरुका साथै जोखिमहरुपनि छन् जुन सतहमा आइरहेका छन् । हिजोका दिनमा धेरै थिए जब हामी संगठित भयौ तब समस्याहरु समाधान तर्फ अगाडी बढेको छ । केहि ब्यक्तिहरुले सहकारीलाइ ब्यक्तिगत तथा निजी बनाएर संचालन गरेकोपनि पाइएको छ जस्तले सहकारीलाइ विक्रित बनाएको छ । त्यतिमात्र नभै सहकारीहरु स–साना पुजिले चलिरहेका छन् । थोरै पुजिले चलिरहदा जोखिमहरु बढन जान्छ ।
आजभोलीका सहकारी ब्यक्तिबादी र फाइदा मूखि बन्दै गएको कुरा तपाइ आफैले भनिरहदा यसको सुधारकालागी तपाइहरुले के गर्नुभएको छ ?
हामीले निरन्तर वकालत तथा पैरवि गर्दै आएका छै की सहकारीलाइ दुरुपयोग गर्नु भएन् । ब्यवसायको अरु धेरै क्षेत्रहरु छन् नाफा गर्ने अरु धेरै ब्यापारहरु छन् । यो चाहि विशुद्ध समाजिक ब्यवसाय हो । जस्मा समाज समुदायमै आस्रीत रहेको हुन्छ । समाज र समुदायकै स्वामित्व रहेको हुन्छ त्यसैले यसलाइ दुरुपयोग गर्नु हुदैन् यसलाइ समुदायमा आधारीत, उत्पादन केन्द्रित बनाउनु पर्दछ भन्ने कुरामा हामीले निरन्तर छलफल चलाइ राखेका छनै । र कतिपय ब्यक्तिमा आधारीत सहकारीहरु छन् जुन निरन्तर रुपमा अगाडी जान सक्दैन । विश्वको अनुभव तथा नेपालकै अनुभवले देखाएको कुरा ब्यक्तिमा अधारीत सहकारी धेरै दिन बाच्न सक्दैन् । सहकारीको बारेमा जानकारी गराउन हामीले विभिन्न किसिमका तालिम तथा शिप विकाससंग सम्बन्धित कार्यक्रमहरु सिककाउने र सहकारीमा ब्याज कम गर्ने, कार्यलय खर्च कम गर्ने जस्ता कुराहरुमा हामीले जोड दिएका छौ ।
प्रोवेशनको कुराहरु आजकाल उठीरहेको छ ?के हो यो प्रोवेशन भनेको ? यसबाट संस्था र सदस्यहरुलाइ के फाइदा पुग्छ ?
यो बचत तथा ऋण सहकारी संघले प्रस्तुत गरेको एउटा प्रोडक्ट हो । जसले सहकारीहरुको गुणत्मक विकास गर्न र स्तरीकरण गर्न मद्धत गर्दछ । पुर्ण तथा ब्यवसायीक साकोस विकास कार्यक्रम भनेर नेफस्कुनले आज भन्दा ३ वर्ष पहिले जार्वजनिक गरेको हो । नेफस्कुनले चाहि सहकारीहरुको क्षमता विकासका निम्ति, वितिय पहुचमा विकासका निम्ति निरन्तर विभिन्न तालिमहरु दिने, ब्यवसायीक बनाउने, सहकारी जोखिमहरुलाइ न्युनिकरण गरी सफल र सक्षम संस्था विकास गर्न नेफस्कुन निरन्तर प्रयत्नसिल छ । यो प्रोवेशन भन्ने ब्रन्डले सहकारीहरुलाइ सुसाषित बनाउने काम गर्छ । अहिले बाराका दुइवटा संस्थाहरु हातेमालो र सगरमाथा लगाएत देश भरीका ८२ ओटा सस्थाहरु प्रोवेशनको परिक्षमा रहेको छन् ।
पछिलो समय बहसको विषय बनेको सहकारी एकिकरण बारे तपाइको धारणा के हो ? एकिकरण मात्रै गरेर सहकारी क्षेत्र ब्यवस्थित बन्छ ।
यो सहकारी एकिकरणको बहस हामीले अहिले बारा जिल्लामा चलाइराखेका छौ । अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने आज भन्दा २०÷३० वर्ष अगाडी देखिएको पाइन्छ । जपानको कुरा गर्दा ४२ हजार कृषि सहकारीहरु जो जोखिममा रहेका थिए हाल आएर एकिकरण भै ६÷७ सय पुगेका छन् । नेपालको सन्दर्भमापनि यो बहस अगाडी बढेको छ खास गरी काठमाण्डौ, काभ्रे, दोलखा, मोरङ्ग, नवलपरासि, चितवन र मकवानपुरमा एकिकरणका बहसहरुले ठाउं पाएका छन् । र एकिकरण भै रहेका पनि छ् । बारा जिल्लाको सहकारी अभियान राष्ट्रिय सहकारी अभियान भन्दा अलि ढिलो शुरु भएकोले यो जिल्ला अझैपनि जागरणको चरणमा छ । संसारकै नियम छ पहिला मात्रात्मक विकास त्यसपछि गुणत्मक विकास । बारामापनि मात्रात्मक विकास भै रहदा यसको गुणत्मक विकास गर्न यहां एकिकरणका कुराले ठाउपाउन आवश्यक रहेको छ । बाराको डुमरवाना स्थित सप्तरङ्गि र संजिवनी बचत तथा ऋण सहकारी संस्थाले एकिकरण गरेका छन् ।
नयां संविधान २०७२ मा सहकारीको संबर्धनको पक्षलाइ कसरि लिनुभएको छ ?
यो नयां संविधान आएको छ । २०६३ सालको अन्तरीम संविधानलेपनि संबोधन गरेको कुरा राज्य। निजी र सहकारीको सहभागीता मार्फत आर्थीक समबृद्धि हासिल गर्ने सम्बन्धमा । अहिलेको नयां संविधानको प्रस्तावनामै समाजबाद उन्मुख अर्थतन्त्र निमार्ण गर्ने परिकल्पना अगाडी सारीएको छ । अनि समाजमा विभिन्न रुपमा छरिएर रहेका पछि परेका समुदायलाइ समाजिक रुपान्तरणको आर्थीक सम्बृद्धिको मुल प्रवाहमा ल्याउने कुरालाइ संविधानले नै संबोधन गरेको छ । अब राजनैतिक मुद्धा सकेपछि अब संबृद्धिको निर्माणको, गरीबि न्युनिकरणको , रोजगारी सृजनाको र संबृद्ध अर्थतन्त्र निर्माण तर्फ अगाडी बढने संविधानले ग्यारेन्टी गरेको छ ।
आफु आबद्ध सहकारीलाइ विस्वसनिय पारदर्शी र भरर्पाे बनाउन एउटा सदस्यले कस्तो भुमिका खेल्नुपर्छ जस्तो तपाइलाइ लाग्छ ?
हामी सबैको अगाडी छ हातेमालो बचत तथा ऋण सहकारी सस्था । हामी ९ औ वर्षमा प्रवेश गर्दै छौ । जतिखेर सहकारीको भागभागको अवस्था थियो । अत्यन्त स–साना तहमा रहेर संचालन गर्नुपर्ने अवस्था १ रुपैयाको संकलनमा संचालन गर्नु पर्ने अवस्थामा रहेर गरीब, किसानको प्रतिनिधीत्व गरेरका आएका छनै । हुनेखाने र हुदाखानेको बिचबाट अगाडी बढनु पर्दछ भन्ने भावनाका साथ आएका छौ । सस्थालाइ बारा जिल्लामा मात्र नभै मध्य तराइमै उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्न सदस्यहरुको मुख्य भुमिका रहेका छ । सदस्यहरुले विशवास नगरेको भए , निती निर्माणमा भुमिका नभएको भए, बचत र उद्यम नगरेको भए सहकारी यो स्वरुपमा आगाडी बढदैनथ्यो । त्यसैले आज कुनैपनि सहकारीमा सदस्यहरुको महत्वपुर्ण भुमिका रहने गरेको छ ।
अन्त्यमा समग्र सहकारीमा आवद्ध सहकारीकर्मी सदस्य एवम पाठकहरुलाइ के भन्न चाहनुहुन्छ ।
म चाहन्छु सबै सरोकारवालाहरु, सबै सुवेछुकहरु यो अभियानमा जोडिनु पर्दछ । सहकारी अभियानलाइ राम्रो बनाउने दायीत्व नागरीक अर्थात सदस्यहरुको हो । यो समाजिक सस्था भएको हुदा सबैलाइ सहकारीमा आबद्ध हुन आग्रह गर्छु । सहकारीमा अबद्ध हुदा सहकारीले बचत गर्ने बानिको विकाससंगै संगठित हुने र आफ्नो बचतबाट सहज ढङ्गमा उद्यमि बन्न प्रोत्साहित गर्छ । यो अभियान बचत गर्ने र ऋण लागनि गर्ने अभियान मात्र नभै समाजको आर्थीक परिवर्तनको परिपुरकको रुपमा स्थापित हुदै गएको छ । त्यसैले सबैलाइ इमान्दारितका साथ यस अभियानमा लाग्न आनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस