आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पथलैयामा जनै पुर्णीमा देखि श्री कृष्णा जन्माष्टमी सम्म लाखे नाच हुदै

AuthorAP Khabar २०७५ भाद्र ५, मंगलबार ( ५ साल अघि) ६२२ पाठक संख्या

सिमरा : बाराको पथलैयामा बिहिबारबाट साताब्यापी लाखे नाथ शुरु भएको छ । नेवा सांस्कृतिक पुचःको आयोजनामा पथलैयामा सो लाखे नाच शुरु भएको हो ।
प्रत्येक वर्ष जनै पुर्णीमा देखि श्री कृष्णा जन्माष्टमीको दिन सम्म नचाइने पुच का अध्यक्ष घनश्याम श्रेष्ठले बताए । उनले महेन्द्र राजमार्ग बनेको साल देखि हाल सम्म यो नाच नचाइदै आएको समेत जानकारी दिए ।
जनै पुर्णीमाको दिनबाट शुरु भएको यस नाचमा विभिन्न देवि देवताका प्रतिक बनाइ नाचने गरीएको स्थानिय सामुदायीक बनका अध्यक्ष पेसल मुल्मीले जानकारी दिए । मुल्मीले एकसाता सम्म चल्ने यो नाच श्री कृष्ण जन्माष्टमीको राति १२ बजे सम्म पुजाआजा गरी समापन गरीन्छ ।
पथलैया स्थापना भएपछि गांउमा आउने संकटको समाधान गर्ने हेतु यो लाखे नाच नचाइने परम्परा रहेको स्थानिय समाज सेवि रामदास धौजुले बताए । उनले लाखे नाच हरेक दिन साझमा सम्पुर्ण पथलैयाको परिक्रमा गर्ने र अन्त्यमा धुमधामका साथ श्री कृष्णको पुजा लगाएर अन्त्य हुने गरेको जानकारी दिए ।
यसैबिच पथलैयाका युवाहरुले यस वर्षको श्री कृष्ण जन्माष्ठमी भब्य सांस्कृतिक कार्यक्रम गरी मनाउने भएका छन् । भाद्र ९ गते परेको श्री कृष्ण जन्माष्ठमी पथलैयाका युवाहरूले “श्री कृष्ण जात्रा २०७३ सांस्कृतिक कार्यक्रम” भब्यताका साथ आयोजना गरी मनाउन लागेका हुन् ।
कार्यक्रमको आयोजना गर्न बिभिन्न शीर्षकमा ५१ सदस्य कार्यसमिति गठन गरीएको आयोजक समितिका अध्यक्ष सुरेश कुमार लामाले बताएका छन् । कार्यसमितिमा कलाकार ब्यवस्थापन संयोजक राज कुमार लामा , प्रेस संयोजक दिवाकर भण्डारी, स्टेज ब्यवस्थापन संयोजक जन्मदिप लामा र पुजा आरधना संयोजक अर्जुन लम्साल रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय स्तरका प्रसिद्ध कलाकारहरुले आफ्नो प्रदर्शन गर्ने जनाइएको छ । मुख्य आकर्षणको रुपमा राष्ट्रिय कलाकारहरु सुगम पोखरेल , ज्योती मगर , रोमा न्यौपाने , सुभाष लामा , तलेजु साँस्कृतिक कला केन्द्र हेटौडा र स्थानीय चर्चीत सांगीतिक समूह द पनामले आफ्नो प्रस्तुती देखाउने छन् ।
कार्यक्रममा पथलैयाका साथै सिमरा, जितपुर, निजगढ, अम्लेखगंज, डुमरवाना आसपासका स्थानियतथाहरुले मनोरञ्न लिने र कार्यक्रममा मनोरन्जन लिन कुनै शुल्क नलाग्ने आयोजक समितिले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस