आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सवारी दुर्घटना न्यूनिकरणका लागी चालकलाई टाईम कार्ड

AuthorAP Khabar२०७५ भाद्र ५, मंगलबार (५ साल अघि) ५६७ पाठक संख्या

सिमरा : मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारी दुर्घटना न्यूनिकरणका लागी शुक्रवार देखि टाईम कार्ड वितरण कार्य शुरु गरेको छ । बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न ट्रफिक प्रहरीले सवारी चालकलाई टाईम कार्ड वितरण कार्य शुरु गरेको हो ।
बढदो सवारी दुर्घटनासंगै मानविय क्षेतीलाइ समेत न्यूनिकरण गर्न मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले बाराको पथलैया देखि नारायणघाट सम्म चल्ने भाडाका सवारीका साधनहरुमा टाईम कार्ड वितरण कार्य शुरु गरेको हो ।
टाईम कार्ड वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै वरिष्ठ प्रहरी उपरिक्षक नारायण सिहं खड्काले हतारमा सवारी चलाउदा र क्षमता भन्दा बढि भार बोक्ता दुर्घटना हुने सम्भावन बढ्दै गएकोले टाइम कार्ड र क्षमताको राम्ररी परिक्षण गर्न सकिए दुर्घटना न्यूनिकरण गर्न सहज हुने जानकारी गराउनुभयो ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया अगाडीको सड्कमा आयोजित कार्यक्रममा पथलैयाका प्रहरी उपरिक्षक ईश्वरी चापागाइँले बढ्दो दुर्घटना न्यूनिकरण गर्न पहिलो पटक शुक्रवार देखि टाईम कार्ड प्रणाली लागु गरिएको बताउनु भयो ।
उहांले पथलैया देखि नारायणघाट सम्म बिभिन्न ३ स्थानमा अवस्थित चेक प्वाईन्टमा तोकिएको समय अवधी २ घण्टा सात मिनेंट भित्र पुग्नु पर्ने र नारायणघाट देखि पथलैया सम्म दुई घण्टा २४ मिनेंट समय अवधीमा मात्रै सवारी साधन चलाउँनु पर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी लगाएत अतिथीहरुले चालकलाइ टाइम कार्ड वितरण गर्नुभएको थियो । सो कार्यक्रममा बाराका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेती, रुद्रबाहिनी पथलैयाका सशस्त्र प्रहरी नयब उपरिक्षक सरोज कार्की, तराइ यातायात ट्रक ब्यवसायी संघका महासचिव शंकर विष्ट लगाएत यातायात ब्यवसायी , चालक , मजदुर , स्थानीय तथा यात्रुहरुको ब्यापक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस