आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ब्रहमकुमारी सेवा केन्द्रद्धारा जीतपुरमा झाँकी सम्पन्न

AuthorAP Khabar २०७५ भाद्र ५, मंगलबार ( ५ साल अघि) ६३८ पाठक संख्या

सिमरा : बाराको जीतपुरमा रहेको ब्रहमकुमारी राजयोग उप सेवा केन्द्रले बिहिवार चैतन्य झाँकीको आयोजना गरेको छ । श्री कृष्ण जन्माष्टमीको आवसरमा केन्द्रले सो झाँकीको आयोजना गरेको हो ।
भाँकीमा सहभागि भएका भक्तजनहरुले शुभकामना दिदै अध्यात्मनै जिवनको आधार भएकोले अध्यात्म बिनाको जीवनको कल्पना गर्न नसकिने बताएका थिए ।
श्री कृष्णको माया र गितामा उल्लेख गरीएको ज्ञानले जिवनको यथार्थता लाई उजागर गर्न मद्धत गर्ने भनि श्री कृष्णको बारे झाँकीमा विभिन्न प्रस्तुति पारीएको थियो ।
झाँकीमा बालबालिकालाई श्री कृष्ण मुस्कान र राधा बनाई सजाएर राखिएको थियो । कृष्णको रुपमा मुस्कान बहिनी र राधाको रुपमा गरीमा बहिनीलाई सजाइएको हो । झाँकीमा दुर्गा भाइ बहिनी स्वेता र सितलद्धारा कृष्ण र राधाका बारेमा चर्चा गरीएका विभिन्न गितमा नृत्य गरीएको थियो ।
केन्द्रका प्रमुख रेनु बहनजीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेनु बहनजीले नै स्वागत मन्तब्य ब्यक्त गनृुभएको थियो भने मेन्सा बहनजीले फुल गुच्छा दिएर अतिथीहरुलाइ स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा रामबाबु भाइजी प्रमुख अतिथीको रुपमा हुनुहुन्थ्यो भने अतिथीको रुपमा राजु राज गिरी, नारायणी रायमाझी, डिल्लीराम भाइजी लगाएत स्थानिय भाइ दथा बहनजीहरुको उल्लेख्य रुपमा सहभागीता रहेको थियो ।
कार्यक्रममा केन्द्रका प्रमुख रेनु बहनजीले अतिथीहरुलाइ मायाको चिनोले सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस