आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शालीमार सिमेन्टको धुवा र धुलोले खेतीयोग्य जग्गा सङ्कटमा

AuthorAP Khabar २०७५ भाद्र ५, मंगलबार ( ५ साल अघि) ७८९ पाठक संख्या

जीतपुर : शालिमार सिमेन्टको आडमा संचालीत युनिटेक उद्योगबाट निस्कने धुवा र धुलोले बाराको गढिमाई नगरपालिकामा रहेका खेति योग्य जमिन सङकटमा परेका छन् ।
गढिमाई नगरपालिका अन्तर्गत जीतपुर , नगौल, राममबन , नरवस्ति र सिमरा क्षेत्रका अधिकाशं खेती योग्य जग्गामा सिमेन्टबाट निस्कने धुलो भरीएपछि यस क्षेत्रका खेती हुने जग्गा संकटमा परेका हुन् ।
युनिटेकले सिमेन्टको लागी किलिङकर बनाउन राखेको मेसिनले निकालेको धुवा र धुलो नजिकको खेतामा गएर बसेपछि कृषी योग्य जग्गा संकटमा परेको स्थानियहरुको गुनासो रहेका छन् ।
कठ्ठाको ५÷६ मुरी धान फल्ने खेतमा ३ मुरी फलन समेत गाह्रो परेको स्थानिय किसान पुष्पराज अधिकारीले बताए ।
उनले सालीमारसंगै मिलेर सिमेन्ट बनाउन प्रयोग गरीने किलिङ्कर उत्पादन गर्न लगाइएको युनिटेकको मेसिनले फालेको धुंवामा धुलोको मात्रा ब्यापक रुपमा आउने गरेका बताए ।
किसान अधिकारीले उद्योगबाट निस्केको धुलो खेतमा गएर बस्न थाले देखि खेतमा माटो नभै सेतो सिमेन्टको किलिङ्करमा खेत जोतेर खेती गर्नुपर्ने बाध्यता रहेको दुखेसो ब्यक्त गरे ।
रोपेको धान वा कुनैपनि बालीको टुपोमा आएर किलिङ्कर बस्ने र बालीलाइ सप्रन नदिए कै कारण खेतको उब्जनी लगभग आधि घटेको कृषक रामेश्वर प्रसादको भनाइ छ ।
जिल्ला प्रशासन कार्यलय बारा, गढिमाइ नगरपालिकाका साथै सम्बन्धित निकायमा पटक पटक लिखीत तथा मैखिक जानकारी गराएपनि सम्बन्धि निकायले कुनै चासो नदिएको कृपा दैनिकलाइ रामेश्वरले बताए ।
यता कृषि सेवा केन्द्र सिमराका प्राविधीक सहायक रामशरण यादबले युनिटेकको धुवाबाट ब्यापक रुपमा केमिकल युक्त धुलो निस्कने गरेकोले खेतको उत्पादन घटेको बताएका छन् ।
उनले उद्योगबाट निस्केको कार्बनले खेती योग्य जग्गाका साथै जलबायु परिवर्तनमा समेत असर पारीरहेकोले त्यसको नियन्त्रण गर्न जरुरी रहेको बताए ।
कृषि प्राविधिक यादबले जलबायु परिवर्तनमा असर हुने बातावरण प्रदुषणका काम नगर्ने सहमतिमा उद्योग सञ्चालनको अनुमति दिनै प्रावधान रहेता पनि यस उद्योगले सो नियमको पालना नगरेको जानकारी बताए ।
खेती योग्य जग्गामा यसैगरी काबर्न जम्मा हुदै जाने हो भने केहि वर्षमा यस क्षेत्रका खेतहरु पुर्णरुपले बाझो हुने उनले आशंका ब्यक्त गरे साथै यस कार्यलाइ तत्काल रोक्न नियमक निकायले पहल गर्ने आवश्यक्ता रहेको समेत उनले बताए ।
केहि समय यता गढिमाइ नगरपालिकाले युनिटेकमा धुवां फिलटर गर्ने मेसिन नहाली उद्योग सञ्चालन नगर्न निर्देश्न दिएपनि उद्योग सञ्चालन भै रहेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस