आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा गणेश चतुर्थीको शुरु

AuthorAP Khabar २०७५ भाद्र ५, मंगलबार ( ५ साल अघि) ४५१ पाठक संख्या

जीतपुर : बाराको गढिमाई नगरपालिका स्थित जीतपुरमा सोमबारबाट गणेश चतुर्थीको शुभ अवसरमा गणेश महोत्सवको आयोजना गरिएको छ । बिगतका बर्ष झैं यस बर्ष पनि श्री सिद्धिविनायक पूजा समिति जीतपुर बाराको आयोजनामा सो महोत्सवको आयोजना भएको हो ।
सोमबार बिहान भब्य रुपमा शोभा यात्रा निकालि महोत्सवको शुभारम्भ गरीएको हो । जीतपुरको शान्ति टोलमा रहेको गौचरण चउरमा हुन लागेको महोत्सवबाट निकालिईएको शोभा यात्राले जीतपुर नगरपरिक्रमा गरेको थियो ।
शोभा यात्रा हात्ती, घोडा र बाजागाजाका साथ जीतपुरको मुख्य सड्क हुँदै पहाडिटोल , पाडाबाजार , टेंढारोड लगायतको बिभिन्न स्थानबाट परिक्रमा गरि पुन ः पुजा स्थलमा फर्किएको पुजा समितिका अध्यक्ष शिवजीसाह सोनारको बताए । शोभा यात्रामा सयौंको संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।
शोभा यात्रा पछि आयोजित सो महोत्सवको स्थानीय ब्यवसायी प्रयाग प्रसाद कलवार , श्री सिद्धिविनायक पूजा समिति जीतपुर बाराका अध्यक्ष शिवजी साह सोनार , लायन्स् क्लब अफ जीतपुर सिमराका अध्यक्ष संजय साह र स्थानीय समाजसेवी राजु प्रसाद गुप्ता लगायतकाले संयुक्त रुपमा बिधिवत उद्घाटन गरेका थिए ।
पुजाका आचार्य पवनेश शास्त्रीका साथमा अन्य आचार्यहरुद्धारा मंत्रको उच्चारण गर्दै पुजा गराइ गणेश भगवानको प्रतिमूर्तिको स्थापना गरी पुजाको शुभारम्भ भएको छ । बिश्व शान्तिको कामना गर्दै आयोजना गरिएको पुजाको मुख्य आकर्षणको रुपमा गणेश भगवानलाइ भोग चढाइँने २ सय ११ किलोको लड्डु रहेको छ ।
पुजा महोत्सव अवधि भरका लागि यस क्षेत्रमा भजनकिर्तन, खेल, तमासा, बिभिन्न स्टल, मेला सहिँतको ब्यवस्था गरिएको पुजा समितिका सदस्य जितेन्द्र साहले बताए । महोत्सव पाँच दिन सम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस