आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्र र नागरिकको सुरक्षाका लागि नेपाल प्रहरी जस्तोसुक्कै मूल्य चुकाउँन तयार रहन्छ : प्रहरी महानिरिक्षक खनाल

AuthorAP Khabar २०७५ भाद्र १८, सोमबार ( ५ साल अघि) ४८९ पाठक संख्या
बारा , १८ भदौ : नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले राष्ट्र र नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तो सुक्कै मुल्य चुकाउँन त्यार रहेको उद्घोष गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराको कार्यालय , ब्यारेक तथा हिरासतको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरिक्षक खनालले बिना मोल मोलाई जनताको सेवामा लाग्न प्रहरीहरुलाई निर्देशन दिएका हुन् ।
दोषीलाई नछोड्ने र निर्दोषलाई नफसाउँन काममा प्रहरी पूर्ण रुपमा चनाखो रहँन भन्दै महानिरिक्षक खनालले प्रहरी प्रति नागरिकको भरोशालाई कायम राख्न कुँनै कसर बाँकी नराख्न मातहतका सबैलाई निर्देश गरे ।
प्रहरीले एक्लै शान्ति सुव्यवस्था कामय गर्न अपराध नियन्त्रण गर्न नसक्ने भन्दै प्रहरी महानिरिक्षक खनालले नागरिकको सह्योग पनि उत्तिकै महत्वपुर्ण रहँने बताए । नागरिक पनि बिना वर्दीको प्रहरी भएको भन्दै समाजमा हुने बिकृति , विसंगतिलाई हटाउँन पनि अग्रसर हँुन अपिल गरेका छन् ।
साना र ठूलालाई एकनासले सम्मान गर्न पनि प्रहरीहरुलाई खनालले सुझाए । गल्ती गर्ने प्रहरीलाई हदै सम्मको कार्वाहि गर्ने चेतावनी दिदै निहथा जनतालाई थुन्ने काम कुँनै पनि हालतमा गर्नु नहँुने कुरामा उनले जोड् दिए ।
बेला बखतमा प्रहरीलाई पनि हुँने गरेको राजनितिक हस्तक्षेपलाई पूर्ण रुपमा निस्तेज नगरे सम्म नागरिकले चाहेको न्याय सम्पादनमा समस्या उत्पन हुँने हुँदा राजनितिक हस्तक्षेपलाई रोक्नु पर्ने धारणा प्रहरी महानिरिक्षक खनालले जोड् दिए ।
एक फरक प्रशंगमा महानिरिक्षक खनालले नागरिकको प्रहरी प्रति सह्योग र सद्भाव रह्यो भने विश्व कै उत्कृष्ट प्रहरी नेपालको प्रहरीलाई बनाउँने प्रतिवद्धता ब्यक्त गरे ।
उद्घाटन समारोह्मा प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई , प्रदेश नम्बर २ का प्रहरी प्रमुख दिनेश आमात्यले आ–आफ्नों बिचार व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रहरी निरिक्षक सुरक्षा केसीले गरेकी थिईन् ।
देव एण्ड सायर पंचकन्या जीभि ललितपुरले २०७१ साल वैशाख २८ गते ठेक्का पाएको थियो । कार्यालयको भवन दुई करोड ९५ लाख ६ हजार सात सय १७ रुपैयाँ र ब्यारेकको दुई करोड ९५ लाख ९५ हजार सात सय ३८ रुपैयाँको लागतमा सुविधा सम्पन्न भवनको निर्माण कार्य सम्पन्न भएको प्रहरी प्रवक्ता रंजितसिह रठौरले जानकारी दिए ।
भवनमा ठूला र साना गरि २३ वटा , हिरासत कक्षमा ८ वटा कोठा रहेको छ । कार्यक्रममा प्रदेश साँसहहरु , जननिर्वाचित प्रतिनिधिहरु , राजनितिक दलका प्रतिनिधिहरु , नागरिक समाज , समाजिक संघ संस्थाका प्रतिनिधि , अधिकारकर्मीहरु , उद्योगी , व्यापारी , कर्मचारी , प्रहरी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस