आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आदिवासि जनजातिको जील्ला स्तरीय प्रशिक्षण तथा अन्तरकृया पथलैयामा

AuthorAP Khabar २०७५ भाद्र १८, सोमबार ( ५ साल अघि) ४६५ पाठक संख्या

पथलैया, १८ भाद्र : नेपाल आदिवासि जनजाति महासंघको जील्ला स्तरीय प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम बाराको पथलैयामा सम्पन्न भएको छ । राज्यमा लोकतन्त्रको आगमनसंगै आदिवासि जनजातिको अवस्था, पहिचान र जातिय उत्दानमा देखिएको समयलाई निराकरण गर्न अपनाउनुपर्ने भुमिकाको बारेमा सो प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासि जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले आदिवासि जनजातिको उत्थानका लागि महासंघ योजनाबद्व रुपमा अगाडी बढिरहेको बताउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका बरामले आफ्नो पहिचान र संस्कृतीलाई जोगाउँन सबैको साझा सहभागीता आवश्यक रहेको बताउनुभयो ।
आदिवासि जनजाति जील्ला समान्वय परिषद बाराका अध्यक्ष रामदास धौजुको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सिता गुरुङ्गको विशेष उपस्थिती रहेको थियो ।
बाराका जातिय सस्थाका अध्यक्षहरुको सहभागिता रहेको यस प्रशिक्षण कार्यक्रममा आदिवासि जनजाति महासंघका केन्द्रिय अध्यक्ष बराम, उपाध्यक्ष गोविन्द छन्त्याल, सचिव राजकुमार बोटेले प्रशिक्षण दिनुभएको थियो । भने कार्यक्रमलाई भुवन राईले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस