आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

किन समातिन अन्तिमाको आमाले आईजिपी खनालको पाउ ?

AuthorAP Khabar२०७५ भाद्र २०, बुधबार (५ साल अघि) ५३५ पाठक संख्या

बारा, १९ भाद्र : सन्जरीया देविले नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको पाउँ परेर न्याय मागेकी छिन् । भदौ १३ गतेका दिन मृत अवस्थामा भेटेकी छोरी अन्तीमाको मृत्यु नभै हत्या गरीएको र बारा प्रहरीले न्याय दिन नसकेको भन्दै मृतक अन्तिमाकी आमा सन्जरीयाले प्रहरी महानिरिक्षक खनालको पाउँ पर्दै न्यायको अपिल गरेकी हुन् ।
मृत अवस्थामा भेटिएकी छोरी अन्तीमाको हात काटेको, चुरा फुटेको र शरीरको अन्य भागमा पनि चोटपटकको निशान रहेको बताउदै आमा सन्जरीया देबिले सोमवार जील्ला प्रहरी कार्यालय कलैया बाराको नवनिर्मित ब्यारेक तथा हिरासत भवनको उद्घाटनमा आएका प्रहरी महानिरिक्षक खनालसंग न्यायको माग गर्दै उनको पाउ पर्न बाध्य भईन् ।
छोरीको मृत्यु संकास्पद रहेपनि बारा प्रहरीले सहि तरीकाले छानबिन नगरेको उनको आरोप छ । बिवाह पश्चात दाईजोको बाहानामा छोरीलाई पटक पटक यातना दिने गरेको आमा सन्जरीयाले बताइन् । अन्तीमाको भदौ १३ गतेका दिन बिहान झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।
करिब ६ वर्ष पहिले परवानीपुर गाँउपालिका वडा नम्बर ५ मा बस्ने नरसिहँ राउत कुर्मीका छोरा सन्तोष राउत कुर्मिसंग बहिनी अन्तिमाको समाजिक रितीरिवाज अनुसार विवाह गराएको मृतककी दाजु जगत नारयण प्रसाद कुर्मीले बताए । विश्रामपुर गाँउपालिका वडा नम्बर ५ निवासी जगतले आफुहरुले न्याय पाउँन छानबिनका लागि दिन खोजेको उजुरी समेत प्रहरीले दर्ता गर्न नमानेको र कहिले पोष्टमार्टम रिपोर्ट नआएको त कहिलै आत्महत्या गरेको भनेर बारा प्रहरीले आफुहरुलाई गुम्राह बनाउदै आएको जगतको आरोप छ ।
जगतले आफ्नो वहिनीको ससुराल पक्षले हत्या गरि मारेको आरोप प्रति आफुलाई संका लागेको र त्यसको छानबिन गर्न प्रहरीले नमानेप्रति चिन्तीत छन् । आफ्नो बहिनीले छोरा नजन्माएको भन्दै उनिहरुको यातना दिने गरेको दाजु जगतको अनुमान छ ।
यता बाराका प्रहरी नायब उपरिक्षक रंजितसिहं राठोरले नयाँ कानुन अनुसार बिना प्रमाण कसैलाई पक्राउ गर्न नमिल्ने भएको कारण आफुहरुले त्यस विषयमा अनुसन्धान गरीरहेको बताएका छन् । उनले पोष्टमार्टमको रिर्पोट आउन बाकीँ रहेको बताउदै माईत पक्षले दिएको निवेदनपनि प्रहरीले दर्ता गरेको दाबी गरे । प्रहरीले हत्या गर्न बाध्य बनाएको भएपनि त्यसै अनुसारको कारवाहि गर्ने गरी काम गरीरहेको बताए ।
आर्थिक वर्ष २०७४÷७५ मा बारामा ६० जना महिलाले आत्महत्या गरेका छन् भने ७ सय ८ जना घरेलु हिसां र ७ सय १४ जना समाजिक हिसांको सिकार हुनुपरेको जील्ला प्रहरी कार्यलय बाराको तथ्याङ्क जनाएको छ ।

प्रतिक्रिया दिनुहोस