तिवारी यादब
परवानीपुर,२२ भदौ
बाराको परवानीपुर गाँउपालिकाको आयोजना वडा नम्बर ४ चैनपुरमा निजामति सेवा दिवशको अवसर पारेर सामुदायिक स्वास्थ्य ईकाईको शुक्रबार उद्घाटन भएको छ ।
निजामति सेवा दिवशको अवसरमा नतिजामुखि प्रशासन समृद्ध र सुशासन भन्ने मुल नाराका साथ स्वास्थ्य ईकाईको उद्घाटन गरीएको हो ।
वडा अध्यक्ष गजेन्द्र प्रसाद पटेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाँउपालिका प्रमुख हरीनारायण प्रसाद साह , उपप्रमुख साबित्रि देवी, प्रमुख प्रशासकिय अधिकृत जयराम पंजियारका साथै सम्पुर्ण वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस