आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षा क्षेत्रलाई ब्यवस्थित नियमन गर्दैछौँ : मेयर डा. पौडेल ने.रा.मा.बि. सिमराले मनायो राष्ट्रिय शिक्षा दिवस

AuthorAP Khabar २०७५ भाद्र २३, शनिबार ( ५ साल अघि) ६५१ पाठक संख्या

सिमरा, २३ भाद्र ।

जितपुरसिमरा उपमहानगरपालीकाका मेयर डा. कृष्ण पौडेलले नगरको शिक्षा क्षेत्रलाई कडा नियमन र ब्यवस्थापनमा जुटिरहेको बताएका छन् ।

‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पुर्वाधार’ भन्ने नाराका साथ सिमराको नमुना ने.रा.मा.बि. ले आयोजना गरेको २९ औँ शिक्षा दिवस बिशेष कार्यक्रममा बोल्दै मेयर पौडेलले नगरको शिक्षा बिकासमा आफु गम्भिर रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर पौडेलले आफ्नो बर्षौँदेखीको अध्यापन पेसाको अनुभवले नगरका सामुदायिक तथा निजि बिद्यालयका समस्या र चुनौतीलाई नजिकबाट महशुस गरिरहेको भन्दैे नगरमा कानुन नै बनाएर शैक्षिक क्षेत्र सुधारमा लागी परेको जिकिर गरे ।

उनले एक फरक प्रशंगमा शिक्षा क्षेत्रले दोहोरो नियमनको मार खेपिरहेको भन्दै अन्योलताका बिच नगरले शिक्षा क्षेत्रको उज्यालो भबिष्य खोजिरहेको बताए । यधपी शिक्षाको संघिय संयन्त्र र स्थानिय तहबिचको दोहोरो नियमन र केही बाझिएका ऐन कानुनलाई मध्यनजर गर्दै एकोहोरो नियमनको आवस्यकतामाथी जोड दिए ।

यस्तै बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष राजेन्द्र गौतमले बिद्यालयले नगरमा नमुना अभ्यास सुरुवातका लागी तदारुकताका साथ अगाडी बढेको बताए । अघिल्लो बर्षमात्रै नमुना बिद्यालयमा पर्न सफल यस बिद्यालयले रणनितिक योजनाका साथ बिद्यालयको शैक्षिक योजना डिजिटल र आधुनिक बनाउन नगरपालीकासंग सहकार्यको आवस्यकता रहेको बताए ।

२९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस २०७५ का अवसरमा बिद्यालयले शनिबार बिहान नगरका दर्जन बढी निजि तथा सामुदायिक बिद्यालयको सहभागितामा नगर ¥यालीको आयोजना पछि बिद्यालय परिसरमा एक सभाको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक शंकर कुमार आचार्यले बताए ।

कार्यक्रममा बर्ष उत्कृष्ट बिद्यार्थी सम्मान तथा बिद्यार्थी पुरस्कार बितरण कार्यक्रमको समेत आयोजना गरेको थियो । बिद्यालयले सेवा अवधी पुरा गरी अवकास प्राप्त शिक्षकको बिदाई कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष राजेन्द्र गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरका जनप्रतिनिधि, वडा अध्यक्ष, शिक्षाप्रेमी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस